एकता कार्यक्रममा राजपाका दुई नेताको अनुपस्थिति ‘रहस्यमय’

काठमाडौं, ११ बैशाख ।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको एकिकरण कार्यक्रममा शिर्ष दुई नेताको अनुपस्थीति रहस्यमय बनेको छ । संसदमा तेस्रो र चौथौ ठूलो दलका रुपमा रहेका पार्टीको एकिकरणको क्रममा राजपाका अध्यक्ष मण्डलका सदस्यद्धय अनिल झा र राजकिशोर यादवको अनुपस्थीति रहस्यमय बनेको हो ।

कार्यक्रममा राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिं भण्डारी मात्रै सहभागी भएपछि दुई नेताको अनुपस्थिीतिलाई रहस्यमय दृष्टिकोणबाट हेरिएको छ । एकिकरणको सहमतिपत्रमा दुई दलका ४ जनाको दरले नेताहरुले हस्ताक्षर गरेका छन् । राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिं भण्डारीले हस्ताक्षर गरेको सहमति पत्रमा समाजवादीका तर्फबाट डा बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेताद्धय अनिल झा र राजकिशोर यादवको अनुपस्थीतिले कुनै असर नहुने नेता महेन्द्रराय यादवको भनाई रहेको छ । उनले कुनै व्यक्तिगत कारणले अनुपस्थीति हुन नसकेको भएपनि पार्टी नै छाडेर जाने अवस्था नरहेकोसमेत दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नियतलाई असफल पार्न पनि आफुहरु एकताबद्ध भएको बताएका छन् । तत्कालिन समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि रेडियो एनआरएनसंगको विशेष समयमा बोल्दै ओलीले जारी गरेको अध्यादेशका कारण पार्टी एकिकरणका लागि दवाव परेको प्रष्ट पारेका छन् ।


उनले एकताको तयारी धेरै पहिलादेखि भएपनि अहिले ओलीको भूमिकाले सजिलो बनाएको दावीसमेत गरेका छन् । दल फुटाउन संसदीय र दल र केन्द्रीय समितिमा ४० प्रतिशत चाहिनेमा एक ठाउँमा मात्र भए हुने व्यवस्था गरि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि समाजवादी र राजपा फुट्ने अनुमान थियो। तर त्यो अनुमानलाई गलत सावित गर्दै दुबै दलहरुको एकिकरण भएको उनको भनाई छ ।

आफूहरु नमिल्दा दुबै पार्टी फुटाई सांसदहरुलाई नेकपामा विलय गराउने योजना थाहा थाहा पाएपछि यि दुई पार्टी एक भएको समाजवादीका नेताहरुले बताएका छन् । एकिकरण पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ भने पार्टीको एकिकरण समानताको आधारमा हुने घोषणा गरिएको छ । दुई दलका नेताले हस्ताक्षर गरेको सहमति पत्रमा झण्डा समाजवादीले प्रयोग गरेको र चुनाव चिन्ह राजपाले प्रयोग गरेको हुने उल्लेख छ । (रिपोटर्स अनलाइनबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार