सैनिक जवानद्धारा सुत्केरीलाई रगत दान

रामचन्द्र न्यौपाने
डोल्पा, १० बैशाख ।
नेपाली सेनाका एक जवानले सुत्केरी व्यथाले थलिएर जिल्ला अस्पताल डोल्पामा भर्ना भएकी एक महिलालाई रगत दान गरेकाछन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्म सुलिगाडका सैनिक जवान बिसाल चौहानले सुत्केरी व्यथाले थलिएकी ठुलिभेरी नगरपालिका वडा नं ५ माझफालकी २६ बर्षिया दिलकुमारी बोहोरालाई रगत दान गरेर ज्यान जोगाएका हुन् ।
बोहोराको पेटमा भएको बच्चा खेल्ने पानी सुकेकाले उनको तुरुन्तै शल्याक्रिया गर्नु पर्ने भएकाले ए पोजेटिभ रगत दान गर्न अस्पतालले अनुरोध गरेपछि सैनिक जवानले रगत दान गरेकाहुन् गुल्मले जनाएको छ । शल्याक्रिया पछि आमा बच्चाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया