नगर विपद् कोषमा सहयोग जारी

सुर्खेत, १० बैशाख ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले स्थापना गरेको नगर स्तरिय विपद् कोषमा विभिन्न क्षेत्रबाट सहयोग हुनेक्रम जारी रहेको छ । नगरपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार तथा राहत विपद् कोष स्थापना गरेको छ । बुधबार स्वास्थ्यकर्मी उदय थापाले ९५ हजार मुल्य बराबरको विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नगरपालिकाका का.वा. नगर प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । सामाग्रीमा ९५ माक्स ५० थान, आईआर सामान ५ सेट, सर्जिकल माक्स १०० थान सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

त्यसैगरी बुधबार नै नेपाल कम्यूनिष्ट पार्टी वीरेन्द्रनगर–११ वडा कमिटीले २४ हजार नगद हस्तान्तरण गरेको छ । नगर विपद् कोषमा जम्मा हुने गरी नगद संकलन गरी २४ हजार वडा कमिटी अध्यक्ष कृष्ण तिवारी र सचिव गणेश परियारले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यसैगरी नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी महासंघ सुर्खेतले राहत कोषमा ५१ हजार १ सय ५१ रुपैयाँ जम्मा गरेको थियो ।

तपाईको प्रतिक्रिया