त्रिपुरासुन्दरी नगरपालिकाले विद्यार्थीलाई पैसा पठाउने

रामचन्द्र न्यौपाने
डोल्पा, १० बैशाख ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले जिल्ला बाहिर रहेका नगर क्षेत्रका प्रत्येक बिद्यार्थीको खातामा नगतपैसा पठाउने भएको छ । बुधवार नगरको केन्द्र त्रिपुराकोट बगरमा बसेको नगर कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका प्रत्येक बिद्यार्थीको खातामा पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेको हो ।
“बिद्यार्थी भनेका भविश्यका कर्णधारहुन,अप्ठयारो परिस्थितिमा सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य हो,त्यसैले पनि नेपालगञ्ज, काठमाण्डौ, सुर्खेत, पोखरा लगायतका जिल्लामा रहेका प्रत्येक बिद्यार्थीका लागि पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेका छौँ” उप–प्रमुख चन्द्राकुमारी बुढाले भनिन् । सम्बन्धित वडा कार्यालयको शिफारिस र परिचय पत्रका अधारमा बैंक खाता भएका बिद्यार्थीलाई जहाँछन् त्यही पैसा पठाउने र बैंक खाता नभएका बिद्यार्थीको हकमा उनका अभिभावक मार्फत पठाउन लगाउने निर्णय गरिएको उप्रप्रमुख बुढाले बताए ।


जिल्ला बाहिर नगर क्षेत्रमा कति बिद्यार्थी छन् ति सबैको सम्बन्धित वडा कार्यालय मार्फत लगत संकलन गर्न लगाईसकेको नगरपालिकाले जनाएको छ । “अहिलेका बिषम परिस्थितिमा बिद्यार्थीहरुजहाँ छन् त्यहि सुरक्षित छन्,उनिहरुलाई बोलायर थप जोखिम बडाउन चाहान्नौ,बरु तत्काल परेका समस्या समाधान गर्न प्रति बिद्यार्थी पाँच हजारका दरले पैसा हाल्ने निर्णय गरेका छौँ”प्रमुख प्रशासकिय अधिकृत पृत्रिभक्त गिरीले भने ।

“अहिले एक महिना पुग्ने गरि पाँच हजार पठाएका छौँ,त्यपछि अझै लकडाउन लम्बियो र थप समस्या प¥यो भने फेरी पनि पाँच हजार पठाउँछौ ।” “त्यतिमात्र नभई घर आउन चाहाने बिद्यार्थीलाई पनि ल्याउँछौ,नेपालगञ्ज र सुर्खेतबाट घरफर्कन चाहानेका लागि दुई हजार र त्यो बाहेकका अन्यत्र जिल्लाबाट घर फर्कन चाहने बिद्यार्थीका लागि तीन हजार हाल्ने समेत निर्णय भएको छ” गिरीले थपे ।

बिद्यार्थी बाहेक काम विशेषले जिल्ला बाहिर गएर लकडाउनमा परेका नगरपालिकाका अन्य सर्वसाधारणलाई पनिनगरपालिकाकै खर्चमा घरसम्म ल्याउने व्यवस्था गरिएको गिरीले बताए । जिल्ला बाहिरबाट आएका सबैका लागि नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडमा क्वारेन्टाइन निर्माण गरि १४ दिन राख्ने समेत निर्णय भएको नगरपालिकाले जनाएको छ । लकडाउन भए पनि धेरैजसो कलेज क्याम्पसले अनलाइन कक्षा धमाधम सञ्चालन गरिरहेकाले घर झिकाउँदा पढाइ नबिग्रियोस भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया