ग्रामीण जागरणको ५५ हजार सहयोग

सुर्खेत, १० बैशाख ।
ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–१२ ले ५५ हजार रुपैयाँ सहयोग गरेको छ । कर्णाली प्रदेश सरकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा ५५ हजारको चेक बुधबार हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष अ‍ोम प्रकाश सुवेदीले सामाजिक विकास मन्त्री दल रावललाई ५५ हजारको चेक हस्तान्तरण गरेका थिए । मन्त्री रावलले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोगको प्रशंसा गर्दै विभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणमा सहयोग पु¥याउने महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार