सम्पादकीय : स्थानीय तहको भूमिका

कोरोना भाइरसको त्रासबाट विश्व नै त्रसित बनेको बेला कर्णाली प्रदेश पनि कोरोनाको उच्च जोखिममा छ । रोजगारीका लागि विभिन्न मूलुकमा गएकाहरु कोरोनाको त्रासपछि गाउँ फर्किएका छन् । तर उनीहरु गाउँ फर्किएको महिना दिन पुग्नै लाग्दा पनि कोरोना संक्रमित भए/नभएको चेकजाँच हुन सकेको छैन । लकडाउन हुनुपूर्व र लकडाउन भएपछि पनि विदेशबाट नागरिकहरु गाउँ फर्किएका छन् । उसो त कर्णाली प्रदेश सरकारले नै बाटोमा अलपत्र परेकाहरुलाई रातारात गाउँ पठायो । गाउँमा क्वारेन्टाइन नभएको अवस्थामा उनीहर गाउँसमाजमा घुलमिल भए । सरकारले उद्दार गरेर रारातरात नागरिकलाई गाउँ पठायो । कोरोनाको सन्त्रास बढ्दै गएपछि लकडाउन भएको नौं दिनपछि विदेशबाट आएकाहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न सरकार तम्सीयो । कोरोना सम्भावित लक्ष्यण देखिएका र भारत लगायतका तेस्रो मुलुकबाट आएकाहरुको नमूना परीक्षण थालिएको झण्डै तीन हप्ता पुग्न थालेको छ ।

तर पीसीआर मेसिनको क्षमता न्यून हुँदा नमूना परीक्षण सोचे अनुसार भएको छैन । सुर्खेतमा स्थापना गरिएको पीसीआर मेसिनले दुईसय जनाको पनि नमूना परीक्षण कटाउन सकेको छैन । तै पनि सुदुरपश्चिमको कैलाली र काठमाडौं स्वाव पठाएर पनि नमूना परीक्षण गरिदै आएको छ । परीक्षणको दायर बढाउन प्रदेश सरकारले पनि कोरोनाको द्रुत परीक्षण अर्थात ¥यापिड टेष्ट सुरु गरेको छ । हालसम्म साढे तीनहजार बढीले ¥यापिड टेष्ट गराएका छन् । ¥यापिड टेष्ट गराएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । जुन एउटा सुखद पक्ष हो । तर विडम्बना सरकारले गाउँ पठाएकाहरु नै स्वास्थ्य परीक्षण गराउन मानेका छैनन् । जसको ज्वलन्त उदाहरण डोल्पामा देखिएको छ । नेपालगञ्जबाट झण्डै दुई सय बढीको उद्दार गरिए पनि हालसम्म एक जनाको पनि नमूना परीक्षण भएको छ । गत चैत २८ गते सुरु गरिएको ¥यापिड टेष्ट गराउन पनि आइतबारसम्म डोल्पामा आठ जनाले चेक गराएका छन् । स्थानीय तहले समेत आफ्नो पालिकाका के–कति नागरिक गाउँ फर्किए भन्ने तथ्याङ राख्न सकेका छैनन् । जसले गर्दा ¥यापिड टेष्ट गर्न नचाहने नागरिकहरु गाउँमा लुकेर बसेका छन् ।


भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीहरु घरघरमा पुग्न सक्ने अवस्था छैन । विदेशबाट फर्किएका नागरिकले स्वास्थ्य परीक्षण नगराउने हो भने गाउँमा कोरोनाको जोखिम झन बढ्दै देखिएको छ । अर्काेतिर स्थानीय तहले तथ्याङ्क राखे पनि केही ठाउँमा तथ्याङ्कभन्दा दोब्बर नागरिक ¥यापिड टेष्ट गर्दा भेटिएका छन् । तथ्याङ्कभन्दा फिल्डमा जाँदा दोब्बर नागरिक भेटिएपछि कतिपय जिल्लामा रयापिड टेष्ट किटको अभाव भएको छ । किटको अभाव हुँदा ¥यापिड टेष्ट प्रभावित भएको छ । सरकारले प्राप्त संख्यामा स्वास्थ्यकर्मीहरु घटाउन नसक्नु, स्थानीय तहले आफ्नो नागरिकको एकिन विवरण नराख्नु र विदेशबाट फर्किएका नागरिक स्वयमले पनि स्वास्थ्य परीक्षण नगराउनु भनेको संकटलाई थप बढाउनु हो । तसर्थ यो संकटको घडीमा नागरिक स्वयम स्वास्थ्य परीक्षणका लागि जागरुक हुनुपर्छ भने स्थानीय तहले पनि आफ्नो नागरिक को कहाँबाट आएका हुन भनेर ख्याल पहिचान गर्न जरुरी छ । तसर्थ दुर्गमका गाउँगाउँमा स्वास्थ्यकर्मीहरु घटाऊ । विदेशबाट आएर पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना जगाऊ । (युगआव्हान राष्ट्रिय दैनिकमा २०७७ बैशाख ९ गते प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार