शिवालयका १६० घरधुरीलाई राहत

सुर्खेत, १० बैशाख ।
शिवालय गाउँपालिका वडा नंं. १ का आर्थिक अवस्था कमजोर भएका १६० घरधुरी परिवारलाई राहत वितरण गरिएको छ । एलिसा डिजाईन एण्ड बिल्डर्स प्रा.लि. सुर्खेतका डाइरेक्टर लोकेन्द्रजङ्ग रानाले आफनो व्यक्तिगत लगानीमा खाद्यान्न सहितको राहत वितरण गरेका छन् । गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही र वडा अध्यक्षको उपस्थितिमा विपन्न परिवारलाई चामल, दाल, नून, तेलसहितको राहत सामाग्री वितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष शाहीले सामाजसेवी तथा निर्माण व्यवसायी लोकेन्द्र जङ्ग रानाले व्यक्तिगत लगानीमा गरिव परिवारलाई राहत पु¥याएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले सामाजिक कार्यमा लाग्न सबैलाई उत्प्रेरित गर्दै शिवालय गाउँपालिकामा कोही भोकै वस्नुपर्ने अवस्था नरहेको बताए । ‘गाउँपालिकाले पनि राहत वितरण गरेको छ र गर्दैछ यदी कोही भोकै वस्नुपर्ने अवस्थामा आएमा सम्पर्क गर्नुहोस । हामी जुनसुकै बेला सहयोग गर्न तयार छौं’–गाउँपालिका अध्यक्ष शाहीले भने । अतिविपन्न र खाद्यान्नको समस्या भएका परिवारको तथ्याङ्क संकलन भैरहेको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया