प्यूठानमा पहिरोले डोजर पुरियो

प्यूठान, १० बैशाख ।
बाटो फराकिलो गर्ने क्रममा सुख्खा पहिरो जाँदा डोजर पुरिएको छ । नौवहिनी गाउँपालिकाको बाहाने बजार नजिकै सडक चौडा गर्दा स्वर्गद्धारी निर्माण सेवाको डोजर पुरिएको हो । डोजर चालक चालक झिमरुक गाउँपालिका ६ कुटिचौर प्यूठान निवासी सन्तोष श्रेष्ठ भागेर जोगिएका छन् ।‘मेसिन स्टार्ट गरेर ग्रिस लगाउँदै थिए, चालक श्रेष्ठले भने, ’एक्कासी नदी सुस्साएजस्तो आवाज सुनेपछि दौडिए । फर्केर हेर्दा पहिरोले मेसिन पुरिसकेको थियो ।’
मेसिनले पर्खाल निर्माणका लागि बेस मिलाउँदै थियो । सडकमा बुधबारदेखि दर्जन जति मजदुर काममा खटिने भएका छन् । पहिरो गए नजिकै तीनवटा घरहरु छन् । ती सबै जोखिममा छन् । पहिरो गएकै स्थानमा २०७२ सालको बाढी पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको थियो । एक घर पूर्णरुपमा क्षति र दुईवटा घर आंशिक क्षति भएका थिए ।

तपाईको प्रतिक्रिया