जुम्लाका अलपत्र नागरिकको उद्दार

काठमाडौं, १० बैशाख ।
काठमाडौं र भक्तपुरमा अलपत्र जुम्लाका नागरिकहरुको उद्दार गरिएको छ । मजदुरी गर्न र पढ्न काठमाडौं, भक्तपुर पुगेका उनीहरु लकडाउनले अत्रपत्र परेका थिए । संविधान कलेज अफ हेल्थ साइन्स हस्पिटलका अध्यक्ष तथा युवा नेता पसल रोकाय र गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमकान्त अधिकारीको पहलमा उनीहरुलाई उद्दार गरी गाडी रिजर्भ गरेर पठाइएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा बाटोमा लाग्ने प्रहरी प्रशासनसंग समन्वय गरी भक्तपुरदेखि जुम्लासम्म सिधै बस जाने व्यवस्था गरिएको जनाइएको छ । घर जान पाईने भएपछि मजदुरहरु खुशी भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार