डोल्पामा पहिलो पटक यार्सा संकलनमा रोक

रामचन्द्र न्यौपाने
डोल्पा, ९ बैशाख ।
हिमाली जिल्ला डोल्पामा पहिलो पटक वहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । विश्भर महामारीको रुपमा फैलिरहेको नोवोला कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध पुर्व सतर्कता अपनाउनका लागि संकलनमा रोक लगाइएको हो । मंगलबार सदरमुकाम दुनैमाबसेको जिल्ला विपत व्यवस्थापन समितिले यस बर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।

अहिलेको बिषम परिस्थितिमाअघिल्लो बर्षमा जस्तै निर्वाद रुपमा यार्सागुम्बा संकलन गर्न दिनु डोल्पाली जनता र समग्र देशका लागि घातकहुन सक्ने भन्दै सम्पुर्ण सरोकारवाला निकायसँगको छलफलबाट यस बर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिनुभयो ।


देश लकडाउनमा रहेको अवस्थामा हजारौँ मान्छे भित्रयार यार्सा पाटनहरु फुकुवा गर्न नसकिने बताउँदै सयमै जिल्लाका मुख्य नाकाहरु सिल गरिने समेत प्रजिअ शुनारले बताउनुभयो । देशमा संक्रमणकालिन अवस्थामा रहेकाले यार्सागुम्बा संकलन रोक लगाउन सुरक्षा सम्पुर्ण संयन्त्र परिचालन गरिने र अहिलेको अवस्था खुकुलो हुँदै गएमा अवस्था हेरेर अघि बड्ने समेत प्रजिअ सुनारको भनाई छ ।

यता जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पाबासीको आर्थिक उपार्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले आगामि बिस गते भित्र पुनःएक पटक जिल्लाका सरोकारवाला निकाय सँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताउनुभयो । राज्यनै संकटमा भएको बेला विपत व्यवस्थापन समिति निर्णय गर्नु जायज हो,सँगसँगै डोल्पाली जनता बर्षौ देखि यार्सागुम्बामै निर्भर भएकाले एकपटक सोच्नै पर्छ प्रमुख बुढाले भन्नुभयो ।

यार्सागुम्बा संकलन समय टाढै छ,आगामि बिस गते भित्र पुनः एकपछक छलफल गर्छौ र खोल्ने नखोल्ने टुङ्गो लगाउँछौ बुढाले थप्नुभयो । यता अर्का सम्बन्धित निकाय शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले आधिकारीक धारणा भने सार्वजानिक गरेका छैनन् । समितिको बैठकमा उपस्थित स्थानीय निकायका प्रमुख एवम प्रतिनिधि मध्ये केहीले यार्सा संकलन रोक्नु पर्ने धारणा राखेका थिए भने केहीले रोक्न नहुने धारण राखेका थिए । प्रत्येक बर्ष निकुञ्ज र सामुदायिक वन मा यार्सागुम्बा संकलन गरिँदै आएको छ ।

नेपालमै वहुमुल्य जडिबुटीको यार्सागुम्बाको उर्वर भुमिको रुपमा चिनिने डोल्पामा विगत बिस बर्ष देखि व्यवसायिक रुपमा यार्सागुम्बा संकलन हुँदै आएको छ । अघिल्लो बर्षमा छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान लगायतका जिल्लाबाट दशौ हजार सर्वसाधारण यार्सागुम्बा संकलनका लागि डोल्पा आउने गर्थे । यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णयसँगै अवैध चोरी निकासि बड्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउनु पर्ने सरोकारवाला निकायको भनाई छ ।

तपाईको प्रतिक्रिया