भारतबाट आएका ८ सहित १ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

रामचन्द्र न्यौपाने
डोल्पा, ९ बैशाख ।
डोल्पाको जगदुल्ला गाउँपालिकामा परिक्षण गरिएका ८ सहित गाउँमै रहेका १ जनाको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको टोेली मंगलबार गाउँपालिकामै पुगेर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । परिक्षण गरिएका मध्ये ८ जना भारतबाट आएका र १ गाउँमै बसेका बिरामि स्थानीय भएको जगदुल्ला गाउँपालिकाले जानकारी दिएको छ ।

भारत लगायतका अन्य मुलुकबाट भित्रियका नागरिकको आरडिटी परिक्षण गर्नु पहिलो प्राथमिकतामा रहेको भन्दै जिल्ला अस्पताल डोल्पाले सोमबार डाक्टर मच्छिन्द्र बडुवालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको थियो । उक्त टोलीले जगदुल्लामा परिक्षण सम्पन्न गरिसकेकाले मुड्केचुला गाउँपालिका तर्फ हिँडेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । स्थानीय तहले तथ्याङ्क उपलब्ध गराएसम्म र आरडिटी किड भएसम्म स्वास्थ्य टोली खटाएर परिक्षण गरिने डा.रावलको भनाई छ ।

तपाईको प्रतिक्रिया