चिंगाडको राहात वितरणमा विवाद
सुर्खेत (चिङ्गाड), ९ बैशाख ।
सुर्खेतको चिङ्गाड गाउँपालिकामा कोरोनाको मजदुर तथा विपन्नलाई राहात वितरण गर्ने विषयमा विवाद देखिएको छ । गाउँपालिकाका केही वडाहरुले राहात वितरणमा विभेद गरेको भन्दै विवाद देखीएको हो । विवादका कारण वडा नम्बर २ मा राहात नै वितरण हुन सकेको छैन् । राहात दिने नामवली छनौंटमा विवाद भए पछि राहात वितरण हुन नसकेको हो ।
गाँउपालिकाका केही वडामा राजनैतिक आस्थाका आधारमा आफू निकटहरुलाई राहातको लागि सिफारिस गरिएको भन्दै नेकपा चिङ्गाड गाँउपालिकाले आपत्ती जनाएको छ । खास गरी नेपाली काँग्रेसले जितेका वडाहरुका राहातका नामावली छनांैट गर्ने बेला आस्थाका आधारमा छनौंट गरेको भन्दै ध्यानाकर्षण समेत गरिएको छ ।
गरिब र विपन्न भनि ९ सय १० जनाको नाम छनांैट गर्दा पनि वडा नम्बर १, २ र ४ नम्बर वडामा राहात पाउनु पर्नेको नाम छुटाईएको पनि भन्दै नेकपाले बिरोध जनाएको छ । स्थानीय तिल बहादुर रानाले केही जना कोठामा बसेर आफ्ना नजिककालाई राहात दिने गरी लिष्ट तयार पारिएको आरोप लगाए ।
वडा नम्बर २ का वडाध्यक्ष बुधे खत्रीले भने हतारमा निर्णय लिनु परेकाले केही राहात पाउनु पर्नेहरु छुटेको स्वीकार गरेका छन् । छलफल गरेर छुटेकालाई पनि राहात दिने व्यवस्था गरिने उनले बताए । राजनैतिक रुपमा विभेद भन्दा पनि हतारमा काम गर्दा राहात दिनुपर्ने उस्तै प्रकृतिका केही जना छुटेको उनको भनाई छ ।
यता चिङ्गाड गाँउपालिकालले भने सबै प्रक्रियामार्फत मात्र काम भईरहेको जनाएको छ । चिङ्गाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले राहात प्रक्रियाबाट नै वितरण गरिएको जनाए । कुनै वडामा कसैले बेईमानी गरे कार्वाही गर्न पनि तयार रहेको भन्दै विपदमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने अध्यक्ष चन्दले बताए । सबै काम पारदर्शी ढंगले भईरहेको उनको दावी छ ।
