दैलेखमा पाटे बाघ मृत भेटियो

अमर सुनार
दैलेख, ९ बैशाख ।

दुल्लू नगरपालिका–३ तियाडीको जंगलमा चितुवा प्रजातिको पोेथी पाटे बाघ मृत फेला परेको छ । स्थानीय र प्रहरीको सूचना आधारमा मृत बाघ वन डिभिजन कार्यालय दुल्लूका फरेष्टर नन्दराम महताराको टोलीले घटना स्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर कार्यालय हातामा मरेको पाटे बाघ गाडीएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिए ।

अन्दाजी १३–१४ वर्ष जतिको बुढो उमेर अनि टाउकोमा चोट लागेको र गन्हाइ सकेको अवस्थामा मृत फेला परेकोले त्यहाँका स्थानीयले छालाकाडेर लिन सक्ने सम्भावना भएको कारण सदरमुकाममै ल्याएर गाडीएको डिभिजनल वन अधिकृत मुन वहादुर राउतले बताउनुभयो ।
स्थानीयहरुले विहानै पाटे बाघ मृत फेला पारेको जानकारी पाएपछि डिभिजन वन कार्यालयलाई खवर गरिएको र यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया