ताजा खबर
  

सिम्ताको सबैको रिर्पोट नेगेटिभ

दुर्गा विसी/

सुर्खेत (सिम्ता), ९  वैशाख ।

सुर्खेतको सिम्ता गाउँपालीकाको क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ आएको छ । भारतको गौरिफन्टा नाकाबाट आएका सिम्ताका विभिन्न स्थानका नागरिकलाई सिम्ता गाउँपालीकाले वागेश्वरी माविमा रहेको क्वारेन्टाईनमा राखेको थियो । क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ आए पछि उनीहरुलाई घर पठाएको छ । भारतको गौरिफन्टा नाकाबाट भित्रीएका सिम्ताका स्थानीयलाई महेन्द्र वहुमुखि क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो तर त्यहाँबाट भागेर उनीहरु बाँके र वर्दियामा आफन्तकहाँ लुकेर वसेका थिए । केहि दिन अगाडी उनिहरुलाई सिम्ता गाउँपालीकाले सिम्तामा ल्याएर क्वारेन्टाईमा राखेको थियो । म‌गलबार बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न मुलुकबाट आएका नागरिकको चेकजाँचसँगै उनिहरुको पनि रयापिट टेष्ट गराएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार