विराटनगरको ल्याब परीक्षणमा आठजनालाई कोरोना ‘पोजेटिभ’

काठमाडौं, ९ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो। कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि–कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ ।

‘विराटनगरको ल्याबमा आठजनामा कोरोना पोजेटिभ देखाएको छ’, कोशी अञ्चल अस्पताल स्रोतले भन्यो, ‘धरानमा तीन आठजनाको नमुना पुन परीक्षण भइरहेको छ ।’ गत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका–३ भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो । त्रियुगाका मेयर वलदेव चौधरीले पनि १२ जना पोजेटिभ देखिएपछि ६ वैशाखमै भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको ¥यापिड टेस्ट गराएको बताएका छन् ।

जसमा शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्याबले पोजेटिभ देखाएको बताइएको छ । चार दिनअघि भुल्के मस्जिदमा कोरोना देखिएका १३ जना मध्ये ११ जना भारतीय नागरिक हुन् । २ जना नेपाली हुन् । उनीहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ । मस्जिदमा रहेकाहरुको पोजेटिभ देखिएपछि भुल्के गाउँका सबै नाका बन्दगरी पहिलो चरणमा ६९ जनाको खकार लिइएको थियो भने हिजो थप डेढ सयको (खकार) स्वाब लिइएको छ ।

तपाईको प्रतिक्रिया