सांसद शाहीद्वारा अलपत्रको उद्दार

सुर्खेत, ९ बैशाख ।
कर्णाली प्रदेश सभा सदस्य करविर शाहीले कर्णाली प्रदेशको सिमाना बबई पुलमा अलपत्र नागरिकहरुको उद्दार गरेका छन् । व्यक्तिगत खर्चमा बस रिजर्भ गरी जाजरकोटका विभिन्न पालिकाका नागरिकहरुको उद्दार गरेका हुन । जाजरकोटका छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिकाका ५० बढी अलपत्र नागरिकको उद्दार गरी जिल्ला पठाएका छन् ।

कर्णाली प्रदेशको सिमानामा राखिएको स्वास्थ्य डेस्कले सबै नागरिकको स्वास्थ्य जाँच गरेर उनीहरुको व्यक्तिगत विवरण राखिएको छ । उद्दार गरिएका नागरिकहरुलाई शिवालय गाउँपालिको छेडा बजारमा पुनः स्वास्थ्य जाँच गरी उनीहरुको विवरण राखेर सम्बन्धित गाउँपालिका÷नगरपालिकाको निगरानीमा रहने गरी जिम्मा लगाइएको छ ।


सम्बन्धित पालिकाले उनीहरुको विवरण राखी प्रत्येक्ष निगरानीमा केहिलाई तहहरुका क्वारेन्टाइनमा र केहीलाई सम्बन्धित व्यक्तिको होम क्वारेन्टाइनमा राखेर निगरानी गरिने सांसद शाहीले जानकारी दिए । जाजरकोटका विभिन्न क्षेत्रमा अलपल परेका मजदुर तथा नागरिकहरुको उद्दार कार्य जारी रहेको बताउँदै प्रदेश सभा सदस्य शाहीले उनीहरुको विवरण राखी सम्बन्धित स्थानीय तहको निगरानीमा रहने गरी जिम्मा लगाइने बताए ।

प्रदेश सरकारले सुर्खेतमा निर्माण गरेको क्वारेन्टाईनको क्षमता अनुसार नागरिकहरु राखिएको हुँदा तत्काल अर्को विकल्प नभएपछि उनीहरुको स्वास्थ्य अवस्था, जोखिमलाई ध्यानमा राखी सम्बन्धीत पालिकाको जिम्मेवारी पठाउन थालिएको हो । तेस्रोमुलुक, भारत र नेपालकै कोरोना संक्रमण क्षेत्रबाट आएका नागरिकको छुट्टै विवरण राखी उनीहरुलाई कडाईका साथ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश सांसद शाहीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार