सल्यान, ९ बैशाख ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भक्तपुर इट्टा भट्टामा काम गर्ने अलपत्र मजदुरको उद्दार गरेका छन् । सल्यान जिल्लाबाट काम गर्न भक्तपुर पुगेका चार सय जना मजदुरहरु लकडाउनले अलपत्र परेका थिए । उनीहरुलाई उद्धार गरी कर्णाली प्रदेशको सिमा नाका बबई पुल र कपुरकोटसम्म ल्याइदैछ । मजदुरी गर्न परिवार, बालवच्चासहित बाहिरी जिल्ला पुगेका उनीहरु लकडाउनले खाना, वस्नको समेत समस्या भएको गुनासो आएपछि मन्त्री ज्वालाको पहलमा उद्दार गरिएको हो ।
मजदुरहरु काठमाडौंबाट बस चढेर गन्तव्य तर्फ हिडेका छन् । कर्णाली प्रदेशको सिमाना पुगेपछि उनीहरुको स्वास्थ्य जाँच गरी, उनीहरुको विवरण राख्ने गरिएको छ । प्रदेश सरकारले निर्माण गरेको क्यारेन्टाइन, जिल्ला–जिल्लामा निर्माण भएका स्थानीय तहका क्वारेन्टाइनहरुमा राखि नियमित स्वास्थ्य जाँच पछि सम्बन्धित तहको स्वास्थ्यकर्मीहरुको निगरानी हुने गरी होम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
युग संवाददाता । । ९ बैशाख २०७७, मंगलवार ११:२८