लकडाउनमा ग्रामिण महिलाका दु:ख

रामचन्द्र न्यौपाने/डोल्पा, ९ बैशाख । लकडाउन घोषणा भएपछि ग्रामिण भेगका महिलाहरु अघिपछि भन्दा धेरैनै व्यस्त देखिन्छन् ।उनिहरुलाई पहिलाको भन्दा दोब्बर जिम्मेवारी थपिएको छ ।घरको चुलो चौको देखि खेतबारीको कामकाज सबै आफैले धान्नु परेको छ ।लकडाउन भन्दै पुरुषहरु मोवाईल, टिभि, ल्यापटप र गफगाफमा घण्टौ भुल्न थाले पछि सबैकुरा महिलाले नै गर्नु परेको हो ।सरकारले लकडाउन घोषण गरेपछि कामको जिम्मेवारी अघिपछि भन्दा बडेको डोल्पाली महिलाहरुले बताए । घर भित्र देखि बाहिर सम्मको कामकाज सबै धान्नु परेको छ ।पुरुषहरु लकडाउन भन्दै घरभित्रै गर्ने स–साना कामबाट पनि पन्छिने गरेको ग्रामिण महिलाहरुले गुनासो गरे ।

यतिखेर डोल्पाली महिलाहरुलाई काम गर्न भ्याइ–नभ्याइ भएको त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने भगवती न्यौपानेले बताइन् ।“लकडाउनले पुरुषलाई सजिलो बनाइ दिएको छ,यसैपनि अघिपछि पनि कामै नगर्ने उनिहरुलाई अहिले हाइसन्चो भएको छ”उनले भनिन् ।“काम टार्ने बाहानामा पुरुषहरु कोरोना बारे एकमा दुई कुरा थपरेर परिवारमा सुनाउँदै ठिक्कछन्,महिलाहरुलाई भने कसरी त्यस दिनको काम सक्ने भन्दै दिमागमा खाका कोर्दै ठिक्क छ” उनले थपिन ।“आज भोली बनमा खर पलाएको हुँदैन्,हिँउदमा जम्मा गरिएको सुख्खा खर पनि सकिएको हुन्छ,त्यसैले दिउसको चर्को गर्मीमा दुई–तीन खेप घाँस काट्न बारीमा पुग्नुपर्छ,ग्रामिण महिला दिनचर्या यसरीनै बित्ने गरेको छ”उनि आमा समुह त्रिपुराकोटका अध्यक्ष समेत हुन् ।

त्यसैगरि त्रिपुराकोटकै स्थानीय महिला कलावती देबकोटा पनि हिजो आज काममा धेरै खटिनु परेको बताइन् ।“दुरदराजका महिलालाई लकडाउन भनेर घरमै बस्ने सुख कहा मिल्छ र घरघरमा पशुवस्तु पालिएका हुन्छन्,भोको राख्नु पनि भएन,घाँसपात गर्न,अन्नबाली र दाउराको जोहो गर्न पनि बाहिर निस्कनै पर्छ ”उनले थपिन् ।अहिलेको अवस्थामा शहर बजारका महिलाको घरभित्रै बसेर पकाउने र खाने काम मात्र हो,गाउँघरका महिला खाना खाने समेत फुर्सद छैन् ।”नगरस्तरीय अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष गोमादेबी उपाध्याय आज भोली पुरुषहरु निकै फुर्सदिला भएको बताउँछिन्। उनका अनुसार घरमा खाना पकाउने,बच्चाबच्ची स्याहार्ने,घास दाउरा मेलापात गर्ने लगाएतका सम्पुर्ण कामकाज महिलाले धान्नु परेको छ ।“कतिपय महिलाई लकडाउनका बारेमा बुझेकानै छैनन् ,बुझेकाहरु पनि बाध्य भएर घर बाहिर कामकाजमा निस्कनु पर्छ”उपाध्यायले थपिन ।“ग्रामिण समाजमा घरमा चुलो चौको गर्ने,खाना पकाउने,मेलापात गर्ने काम पुरुषले गर्नुहुँदैन भन्ने मान्यता छ,यस कारण पनि महिलाहरु प्रायःव्यस्त देखिन्छन् ।“लगडाउन हुनु भन्दा अगाडि घरमै बस्नु पर्ने बाध्यता नहुने भएकाले केही हदसम्म भएपनि पुरुषहरुले काम गर्थे,अहिले त पुरुषहरुलाई दशैँ आएजस्तै भएको छ,लकडाउन भन्यो घर बस्यो,गफ दियो,सबै भार महिलाहरु लाई छ” उपाध्यायले भनिन् ।

यि महिला जस्तै ग्रामिण भेगका बस्ने सम्पुर्ण महिलाहरुको अवस्था उस्तै हो ।परम्परागत खेती प्रणाली,कमजोर स्वास्थ्य,पुरुषवादी समाजका कारण जीवनभर दुखकष्ट झेल्नु पर्ने बाध्यता छ ।ग्रामिहरु महिलाहरुलाई घर र खेतीपातीको कामले कहिले पनि नछोड्ने महिला नेतृत्वहरु बताउँछन् ।बर्षभरीको खेतीले छ महिना पनि राम्रोसँग खान नपुग्ने भएपनि पाकापुर्खाको साख धान्न पनि महिलाहरुनै धेरै खेतिपातीमा जोतिनु पर्ने बाध्यता भएको उनिहरुको भनाई छ । दलित महिलाका पिडा अझ दर्दनाक अन्य जातिजातिका महिला भन्दा जिल्लाका दलित महिलाहरुको अझ दर्दनाक छ ।उनिहरुले अशिक्षा र गरिबीले ग्रस्तछन् ।कतिपय दलित पुरुषहरु कुलतमा फस्ने कारणले परिवारको पेट भर्नकै लागि महिलाहरुले दैनिक मजदुरी गर्नुपर्छ ।परिवारको अभिाभावकत्व समेत उनिहरुलेनै लिनु परेको छ ।लकडाउनका कारण दलित महिलाहरु ठुलो समस्यामा परेका छन् ।

दैनिक ज्यालादारी गर्न नपाए पछि परिवारको पेट पाल्न धौ–धौ भएको छ ।“आज भोली त घरबाट निस्कन पनि पाइदैन,काम गर्न जाउँ भने पनि जग्गा छैन्,मजदुरी गरेरै परिवार पाल्थे”स्थानीय रुपधनी सार्कीले गुनासो गरिन ।“एक हप्ता अघि काम गरेको ज्याला कटाएर ल्याएको एक बोरा चामल पनि सकिन लाग्यो,अब चामल सकिएपछि त भोकै बस्नु पर्छ,कसरी छ जनाको परिवार पाल्ने हो ठुलो पिर परेको छ ।”रुपधनी जस्तै धनचन्द्रा सार्कीको पिडा पनि उस्तै छ ।गाउँमा जान्ने बुझ्ने महिलाको रुपमा चिनिएको उनको पनि अवस्था नाजुक छ ।“यो गाउँका महिलाहरु बिहान काम गरेर बुलुकी खान्छन्,बन्द हुनु भन्दा अगाडि भारी बोकेर आफु र आफ्ना परिवार पाल्थे,अहिले काम गर्न पनि पाइएको छैन्,अलि अलि भएको अन्न बाली पनि सकिन लाग्यो अब कसरी छाक टार्ने त्यहि चिन्ता छ”उनले भनिन् ।“सबै ठाउमा स्थानीय सरकारले सहयोग गरेकाछन् भनेको सुन्छौ तर हाम्रो नगरपालिकाले केही पनि सहयोग गरेको छैन् ”उनले गुनासो गरिन् ।

अर्कि घरमा आठ जना परिवार भएकी मनिसाको अवस्था झन नाजुक छ ।“खान पुग्ने जग्गा छैन्,छाक टार्नै मुश्किल भएपछि विदेशमा कमाइ गर्न जाने भनेर गएका श्रीमान पनि बन्दले काठमाण्डौ बाटै फर्के,श्रीमानले ढुङ्गा फुटाएर आएको ज्यालाले परिवार पाल्थ्यौ,अहिले ढुङ्गा फुटाल्न पनि पाएका छैनन्,रोग भन्दा भोग पिर धेरै छ”उनले गुनासो गरिन् ।“बन्द हुनु भन्दा अघि त कहिलेकाँही खाँउ–खाँउ भन्दै बस्नु पथ्र्यो,बन्द भएपछि त्यहि आधा पेट खान पनि झर्को लाग्न थालेको छ,अझै धेरै दिन बन्द भएत स–साना बच्चा–बच्ची लाई जोगाउनै गाह्रो छ ।”त्यस्तै दिलसा सार्कीले पनि खानाकै पिरलो गरिन ।“काखमा बच्चा छ,आफु काम गर्न जान मिल्दैन्,श्रीमानले ल्याएपछि खान्छौ नत्र भोकै बस्नुपर्छ,बन्दले गर्दा काम गर्न पाइएको छैन्, अब कसरी बाच्ने”उनले भनिन् ।

परिवारको पेट पाल्नकै लागि कलिलै उमेरमा पढाइ छाड्नु,उमेर नपुग्दै विहेवारी गरेर धेरै सन्तान जन्माउनुले पनि दलित महिलाहरुको अवस्था दर्दनाक भएको दलित अगुवाहरुको भनाई छ ।जिल्ला भरि छरिएर रहेका प्रायःदलित समुदायहरु खलो प्रथामा अल्झिएका छन् ।बर्षभोरी अर्काको कामगर्ने र त्यहाँबाट आएको अन्नबालीले पेट पाल्ने गर्छन् ।खलो गरेर आएको अन्नवालीले राम्रोसँग एक महिना पनि नपुग्ने भएकाले त्यो बाहेक ज्यालादारी काम समेत गर्न थालेकाछन् ।लकडाउनका कारण दलित महिलाहरुको रोजिरोटीको रुपमा रहेको ज्यालीदारीको काम समेत रोकिएको छ ।रामचन्द्र न्यौपाने फोटो क्याप्सनःलकडाउनमा पनि गहुँबारीमा पशुबस्तुका लागि डोकोमा हरियो घाँस जम्मा गर्दै गरेका डोल्पाली महिलाहरु ।

तपाईको प्रतिक्रिया