अमरज्योतिको बार्षिक नजिता प्रकाशित (यसरी हेर्नुहाेस)

सुर्खेत, ८ बैशाख ।
अमरज्योति नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर–१२ सुर्खेतले शैक्षिक सत्र २०७६ को बार्षिक परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको छ । कोरोना भाईरसको सन्त्रासपछि विद्यालयमा हुने सम्पूर्ण गतिविधि पूर्ण रुपमा बन्द गरिएको थियो । विद्यार्थीको भविष्य अन्यौल बन्दै जाने अवस्था आएपछि विद्यालयले आइतबार भिडियो मिटिङ आयोजना गरी बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
विद्यालयको नजिता प्रकाशनका लागि विव्यस अध्यक्ष टीकाराम आचार्य, प्रधानाध्यापक खगेन्द्र थापा र विव्यस सदस्यहरु, शिक्षकहरुको सामुहिक भिडियो मिटिङ गरिएको थियो । उक्त बैठकले कोभिड–१९ को समसामयिक अवस्था र विद्यार्थीको भविष्यका बारेमा छलफल गरिएको थियो । छलफलबाट बार्षिक नतिजा प्रकाशित गर्ने र विद्यार्थीलाई भिडियो/अनलाईन मार्फत अध्ययन अध्यापन कार्य गराउने निर्णय भएको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।


विद्यार्थीको नजिता विद्यालयको आधिकारिक वईभसाइट, फेसबुक पेज, परीक्षा समिति र कक्षा संयोजकहरुको सम्पर्क नं. मा फोन गरी नतिजा जानकारी लिन सकिने जनाइएका छ । साथै मोबाइलबाट e-school App डाउनलोड गरि company code मा ajm र आइ डी र पासवर्डमा आफ्नो student id (परिचय पत्र र नतिजामा रहेको) राखी अफ्नो ग्रेडसिट हेर्न सकिने छ । कम्प्युटर र ल्यापटबाट हेर्नका लागि eschool.ezonecloud.com गएर ID र Pasawordराखेर नतिजा हेर्न सकिन्छ । आफ्नो नतिजाको ग्रेडसिट हेर्न eschool software मा केही समस्या भए 9848115412 र 9858051189 मा सम्पर्क गर्नु हुन अनुरोध छ । शैक्षिक सत्र २०७७ को नयाँ भर्नाका लागि लकडाउन खुली सहज परिस्थिति भएपछि सूचना गरिनेछ ।


नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस : https://www.yumpu.com/xx/document/read/63257583/-converted


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार