नागरिक ल्याउँदै स्थानीय तह : सिडियो भन्छन् कुनै जानकारी छैन् !

डोल्पा, ८ बैशाख । हिमाली जिल्ला डोल्पाका स्थानीय तह बिद्यार्थी झिकाउने तयारीमा जुटेकाछन् । अध्ययनका लागि जिल्ला बाहिर गएका बिद्यार्थिहरु र काम विशेष्ले जिल्ला बाहिर गएका अन्य नागरिकहरुलाई जिल्ला फर्काउन तयारी थालेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला बाहिर रहेका नागरिकहरु त्रासमा रहेको भन्दै झिकाउन लागिएको स्थानीय तहले बताए ।

त्यतिमात्र नभई थपिदै गएको लकडाउन अझै थपिएर खाद्यान्न लगायतको समस्या पर्ने हो कि भन्ने डरले पनि डोल्पाली बिद्यार्थीहरु घर फर्कन चाहेको धारण बुझिएको स्थानीय तहको भनाई छ । अहिले डोल्पाका स्थानीय तहले बिभिन्न माध्यामबाट घर फर्कन चाहने व्यक्तिहरुको लगत संकलन गरिरहेकाछन् । जिल्लाको ठुलिभेरी नगरपालिकाले विपद् व्यवस्थापन समितिको निर्णयनै गरेर तीन सदस्यीय उद्धार समिति खटाउँदै नागरिक झिकाउने लागेको छ । सामाजिक संञ्जालमा बिद्यार्थी फर्काउने सुचना जारी गर्दै फर्कन चाहने बिद्यार्थी लगायत जुनसुकै नागरिहरुलाई सम्पर्क गर्न भनिएको छ ।

लम्बिदो लकडाउनका कारण जिल्ला बाहिर रहेका बिद्यार्थी लगायतका अन्य नागरिकहरु समस्यामा परेकाले उनिहरुलाई एक दुई दिन भित्रै फर्काउने तयारी थालिएको वडा नं ९ का अध्यक्ष बिर्मल कुमार भण्डारीले जानकारी दिए । जिल्ला बाहिर बाट भित्रने सबैका लागि खाने बस्ने,स्वास्थ्य जाँचको ब्यबस्था गरिसकेको बताउँदै क्वारेन्टाइन बस्दा आवाश्यक पर्ने लत्ताकपडामा भने सम्बन्धित व्यक्तिलेनै ल्याउनु पर्ने बताए । सम्बन्धित ठाउँबाट नगरपालिका सम्म पुग्न आवाश्यक खर्चप र्च ठुलिभेरी नगरपालिकाले नै ब्यहोर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरि त्रिपुरासुन्दरी नगरपालिकाले पनि जिल्ला बाहिर रहेका बिद्यार्थी फर्काउने वा उतै व्यवस्थापन गर्ने निर्णय भइनसकेको बताएको छ । जिल्लाका मुड्केचुला,जगदुल्ला गाउँपालिका लगायतका स्थानीय तहले पनि जिल्ला बाहिर रहेका बिद्यार्थी लगायत अन्य नागरिक फर्काउने तायारी थालिएको जानकारी दिएकाछन् । प्रशासन भन्छ जानकारी छैन् जिल्ला प्रशासन कार्यालय डोल्पाले भने बिद्यार्थी फर्काउने बिषयमा कुनैपनि जानकारी नभएको बताएको छ । “हामिलाई लकडाउन पुर्ण पालना गराउनु,जो जहाँ छन् त्यहि सुरक्षित बस्ने व्यवस्था मिलाउनु भन्ने गृहको आदेश छ,सोहि अनुसार काम गरिरहेका छौ”प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले भने । बिद्यार्थी फर्काउने बिषयमा जिल्लाका स्थानीय तह र केन्द्रबाट कुनै पनि जानकारी नआएको प्रजिअ सुनारले बताए ।रामचन्द्र न्यौपाने

तपाईको प्रतिक्रिया