सिम्तामा वाईफाईसहितको क्वारेन्टाइन

दुर्गा विसी
सुर्खेत, ८ बैशाख ।
सुर्खेत सिम्ता गाउँपालिकाले भारत तथा अन्य ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । वागेश्वरी मावि राकम रहेको क्वारेन्टाइनमा १० जनालाई राखिएको छ । भारतको गुजरात राज्य जामनगरबाट आएका ९ जना र नेपालकै नुवाकोटबाट आएका १ जना गरी १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सिम्ता–७ काफलकोटका ७ र वडा नं. ९ खानीखोलाका ३ जना स्थानीय वाहिरबाट सिम्ता भित्रिएको जनाएको छ । त्यस मध्ये ९ जना भारतको जामनगरबाट चैत्र ९ गते नेपालको गौरीफण्टा नाकाबाट भित्रिएको जनाएको छ । उनीहरु महेन्द्र वहुमुखी क्याम्पस नेपालगञ्जको क्वारेन्टाइनबाट भागेर बाँके र बर्दियाका आफ्न्तको घरमा होम क्वारेन्टाइनमा बसेका थिए । सबै जनालाई गाउँपालिकाको गाडी पुगेर सिम्ता ल्याएको छ । १४ दिन क्वारेन्टाइनमा राखेर ¥यापिट टेष्ट परिक्षणपछि घर पठाउने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ ।

क्वारेन्टाइनको राम्रो व्यवस्थापन रहेको र घर भन्दा उत्तम सुिवधाका साथ राखिएको बताएको छ । उनीहरुको स्वास्थ्य राम्रो रहेको पनि जनाएको छ । स्वास्थ्य चेकजाँचपछि क्वारेन्टाइनमा राखिएको छ । आफ्न्तको घरमा होम क्वारेन्टाइनमा बसे पनि गाउँपालिकाले पुन १४ दिन अनिवार्य सिम्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने छ । सुविधायुक्ति क्वारेन्टाइनमा वत्ती, खाना, नास्ता, पानी, वाइफाइ, सुरक्षा, हेल्थ डेस्कको समेत व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया