सुर्खेत, ८ वैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुखहरुसंग भिडियो मिटिङ गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्यका लागि जिल्ला तहमा भएका प्रयासहरुका बारेमा समिक्षा गर्दै आगामी योजना निर्माणमा सहयोग पुरयाउने उद्देश्यले भिडियो मिटिङ गरिएको हो ।
भिडियो मिटिङमा बोल्दै मुख्यमन्त्री शाहीले महामारीको अवस्था उत्पन्न भए पनि नागरिकको जीउँ तलमाथि नहुने गरि अहिले नै वडास्तरसम्मको तयारि गर्नुपर्ने बताउनुभयो । त्यसतर्फ एकिकृत टीम परिचालनको व्यवस्था मिलाउन पनि आवश्यक रहेको वताउनुभयो । प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरिरहेको वताउदै मुख्यमन्त्री शाहीले स्थानीय तहका लागि आवश्यक वजेट, स्वास्थ्य सामाग्रि तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्थानीय तहले कोरोना भाईरस (कोभिड–१९)को प्रतिकार्यका लागि गरिरहेका प्रयास प्रशंसनीय रहेको वताउदै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफनो जिल्लाका स्थानीय तहविच समन्वय गरि त्यहाँको आवश्यकताको वारेमा प्रदेश सरकारलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । अहिलेको मुख्य काम भनेकै एकतावद्ध रुपमा कोरोना संकटका विरुद्ध सामुहिक रुपमा लडनु भएको वताउदै मुख्यमन्त्री शाहीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि कोरोना प्रतिकार्यमा लाग्न आग्रह गर्नुभयो ।
क्षेत्रगत रुपमा लकडाउनलाई कडाई गर्दै उच्च सावधानी सहित नागरिकलाई अत्यावश्यक कृषि कार्य गर्न दिनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले कृषि कार्य गर्दा पनि परिवार वाहिरको जनशक्ति प्रयोग नगर्न, सामाजिक दुरी कायम गर्न तथा स्वास्थ्य सुरक्षाका सावधानीहरु अपनाउनका लागि जनतालाई अनुरोध गर्नुपर्नेमा जोड गर्नुभयो । मुख्यमन्त्री शाहीले एक घरवाट अर्को घर जाने, एक टोलवाट अर्को टोल जाने, एक स्थानीय तहवाट अर्को स्थानीय जाने कुरामा रोक लगाई लकडाउनलाई कडाई गर्नुपर्ने वताउनुभयो । सबै तहका सरकार विचको आपसी समन्वयमा कोरोनाको जोखिम अन्त्य गर्नुपर्ने वताउनुभएको छ ।
युग संवाददाता । । ८ बैशाख २०७७, सोमबार १६:४०