लकडाउन र बाल जोखिमता

सन्तोषी शाह/अधिकारकर्मी, दैलेख
बालबालिका भनेका देशका खम्बा हुन् । घर बलियो बन्नाका लागि घरको बनाएको खम्बाको मजवुति कति को छ भन्ने कुरामा भर पर्दछ । विश्वभरी फैलिएको नोेबेल कोरोना भाइरस ( कोभिड १९) को महामारीले उत्पन्न गरेको संकटको प्रत्यक्ष असर बालबालिका परेको छ भन्ने कुरामा दुइमत रहेको छैन । नेपालको सन् २०१८ को तथ्यांकअनुसार जम्मा जनसंख्या २९,०२४, ४८० अनुसार ३० प्रतिशत बालबालिका रहेका छन् जसको अनुसार बालबालिकाको संख्या ८७,०७३,४४ हुन्छ । विश्वभरी फैलिएको नोवोल कोरोना भाइरस कोभिड १९ प्रभावका कारणले बालबालिका जोखिमममा रहेका छन् । भविष्यका सम्भावना बोकेका बालबालिकाहरुको चौतर्फीको विकासको संवेदनशिल समयमा बालबालिकाहरु कोहि बालबालिकाहरु क्वारेन्टाइनमा, कोहि बालबालिकाहरु सड्कमा अलपत्र र कोही बालबालिका देशका नाकामा र कोहि बालबालिका घरमा रहेका छन् ।

के यी बालबालिकाहरु सुरक्षित छन त ? पक्कै बालबालिकाहरु जोखिममा कुनै न कुनै विषयबाट परेका छन् । स्थापना भएका क्वारेन्टाइन, नाकामा र सड्कमा यस बेलामा बालबालिका माथि विभिन्न हिंसा भइरहेको छ र हुने सम्भावना प्रच्युत मात्रामा देखिन्छ जस्तै बालबालिकाको नजिक विभिन्न किसिमका नराम्रा शब्दहरु उच्चारण गर्नु, पिट्ने, बालबालिकाहरुलाई मोवाइलबाट अश्लिल तस्विरहरु देखाउने, घरमा जोखिमपूर्ण कामहरुमा बालबालिकाहरुलाई प्रयोग गर्ने क्वारेन्टाइन बनाएको स्थल सफा नभएमा विभिन्न किसिमको रोगहरुले संक्रमण गर्ने, चिसो भएमा निमोनिया, झाडापखाला, ज्वरो आउने सम्भावना बढि हुनसक्छ, खानामा गुणस्तर नहुँदा उनीहरुको शारिरीक तथा मानसिक विकासमा ठुलो असर, हिंसा, दुव्र्यवहार, हेला, तिस्कार, शोषण, जस्ता क्रियाकलाप हुन सक्ने, क्वारेन्टाइनमा बसेका बालबालिकाहरुलाई जुन सामाजिक दुरी कायम गर्नुपछ नि यसले गर्दा बालबालिकाको मानसिक असर पर्ने देखिन्छ । बालबालिकालाई त्रसित हुने सम्भावना बढि देखिन्छ साथै अपांगता, आमाबुवा नभएका बालबालिका, आमाबुवा पहिचान नभएका बालबालिका, श्रमिक बालबालिकाहरुलाई कसैले यौनदुव्र्यवहार गर्ने, नराम्रा क्रियाकलापहरुमा संलग्न गराउने बालबालिकाको बेचविखन हुनसक्ने जस्ता जोखिमहरु रहेका छन् ।

शहरमा आफ्ना बालबालिका पढाउन, रोजगारी, ज्यालामजदुरी गर्न, उच्च शिक्षा हासिल गर्न बसेका, विदेशबाट स्वदेश फर्केकाहरु मानिसहरु आज नोबेल कोरोना भाइरसको त्रासले गाडी नचलेपनि हिडेर नै पूर्वदेखि पश्चिम र पश्चिमबाट पूर्व, शहरबाट रातदिन हिडेर न गास न वास असिनापानी, हावाहुरीलाई चुनौती दिदै कैयौदिन लगाएर आफ्नो गाउँघर फर्किएका छन् । कति त बाटेमा थकाइले पल्टेका देखिन्छन् । बाटोबाटोमा सुरक्षाको कडाई भएपनि घर फकर्ने मायाले विभिन्न बाटोहरु पहिल्याउदै घर फर्किएका छन् । धेरै बालबालिकाहरु साथ लिएका अभिभावकहरु देख्न पाइएको छ ती बालबालिकाले न खाना राम्रोसँग खान पाएका छन् न बस्न पाएका छन् , गर्भवती आमाले पनि न आराम न खाना पाएकी छिन् बयस्कको जस्तै पिडा भोगीरहेको अवस्था छ सड्कमा खाना त के पानी पाउन नै गाह्रो नोबेल कोरोना भाइरसको त्रासले गर्दा स्थानीय मानिसहरु, व्यापारीहरु न पानी दिन मान्छन् न त खाना । यसले गर्दा बालबालिकाहरु जोखिममा रहेका छन । यी सबैका साझा सरोकारका विषय बालबालिकालाई जोखिमबाट बचाउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको छ ।

१. स्थानीय, प्रदेश, संघ सरकार, राजनितिक दल, बालबालिका क्षेत्रमा काम गर्ने संघसंस्था, पत्रकार, शिक्षक, बालअधिकारकर्मी र अभिभावकले बालअधिकार महासन्धी १९८९ ले निर्धारण गरेका ४ वटा बालअधिकार क्षेत्रहरु १.बाँच्न पाउने अधिकार २. संरक्षणको अधिकार

३. विकासको अधिकार ४. सहभागिताको अधिकार यस्तो महामारी फैलिएको बेला कति प्रत्योजन गर्न सकेका छौ भन्ने बारेमा समिक्षा हुन आवश्यक छ ।

२. बालबालिकाको सुरक्षाको लागि ठाउँठाउँमा खाना र बस्नको व्यबस्थापन गर्नुपर्ने सबैको सरोकारको विषय रहेको छ यसले गर्दा बालबालिकाले खान नपाएर जोखिममा रहने अवस्था रहदैन ।

३.स्थापना भएका क्वारेन्टाइनहरु बालमैत्री नहुँदा बालबालिका हिंसा, दुव्र्यवहार पर्न सक्ने, उनीहरुको मनौबैज्ञानिक असर पर्ने भएकाले बालमैत्री क्वारेन्टाइन व्यबस्थापन अनिवार्य रुपमा हुन आवश्यक छ ।

४. अलपत्र परेका बालबालिकालाई तुरुन्तै उद्धार गरेर उनीहरुको स्वास्थ्य जाँच गरि सम्बन्धीत ठाउँमा पुर्याउनुपर्छ ।

५. अभिभावकले आफ्ना बालबालिकालाई यौन दुव्र्यवहार, अन्य दुव्र्यवहार हिंसा परेमा सुरक्षित हुनको लागि आवश्यक फोनहरुको बारेमा पोष्टर पम्लेटबाट बालबालिकालाई जानकारी गराउनुपर्दछ ।

६.वडास्तरमा रहेका बालसंरक्षण समितीको क्षमता विकास गरि बालसंरक्षण प्रणालीलाई मजबुत बनाउन आवश्यक देखिन्छ ।

७. क्वारेन्टाइन स्थापना भएका स्थानमा बालसृजनशिलता प्रस्फुटन हुने र उनीहरुको क्षमता प्रर्वद्धन हुने बालमैत्री साम्रगीको व्यबस्थापन जस्तै चित्र कोर्न आवश्यक पर्ने साम्रगीहरु, चित्र रंगाउने मुद्रित साम्रगी साहित्यीक सिर्जना आवश्यक पर्ने साम्रगीहरु, श्रव्य साम्रगीहरु साथै सरोकारवाला निकायबाट क्वारेन्टाइनको अनुगमन तथा मूल्यांकन आवश्यक रहेको छ ।

८. पहुँच भएका स्थानमा बालबालिकाहरुले डिजीटल प्रविधिबाट अध्ययन गरिरहेका छन् ग्रामिण दुरदराजमा बालबालिकाहरुको पहुँच नरहेको अवस्था छ त्यसैले बालबालिकालाई घरमा नै अभिभावकले सुरक्षित गराउन आवश्यक देखिएको बालबालिकालाई स्थानीय स्तरमा उपलब्ध शैक्षिक साम्रगी व्यबस्थापन गरि खेल्न दिने, घरको काममा अभिभावकलाई सघाउने, सरसफाई सम्बन्धी तालिका, घरमा पालना गर्नुपर्ने नियमको बारेमा जानकारी, सामान मिलाउन, सावुन पानिले हात घुन सिकाउने, जोर विजोर संख्या मिलाउने खेलहरु खेल्न सिकाउने, किताबहरु पल्टाउन सिकाउने, सम्मानपूर्वक बोल्न सिकाउने, रेडियोबाट प्रसारण हुने बालकार्यक्रममा सहभागि गराउने, गजल, कविता, गित र कथा लेख्न लगाउने आदि क्रियाकलापहरु बालबालिकालाई विद्यालय बन्द भएका बेलामा सिकाउन सकिन्छ यसले गर्दा बालबालिकाको सिक्ने क्षमतामा वृद्धि हुन्छ ।

जस्तो हिंसा, दुव्र्यवहार, शोषणमा परे नि निर्दोष बालबालिका चुप लागेर बसेका हुन्छन् । यो विश्वभरी फैलिएको महामारीमा हामी सबैले बालबालिकाको आवाज हुन आवश्यक रहेको छ । विभिन्न समचारमा धेरै बालबालिकाहरु आफुले चिनेजानेको व्यक्तिबाट नै बलत्कार भएको पाइएको छ । यसलाई मध्येनजर गरेर बालबालिकालाई जोखिममा पर्न नदिन आजैबाट कदम चाल्न आवश्यक देखिन्छ । भोलिका देशका मजवुत खम्वाहरुको संरक्षण गर्न भोली होइन आजबाट नै सुरुवात गर्न आवश्यक देखिन्छ । नत्र भने देशले भोली ठुलो नोक्सानी भोग्नेछ । बालबालिका सबैका साझा हुन ।

तपाईको प्रतिक्रिया