भेरी ग्याँसमा भिड, प्रशासन मौन

सुर्खेत, ८ बैशाख ।
भेरी ग्याँसको सुर्खेतका लागि अधिकृत विक्रेता तारा भाँडा पसलमा साेमबार (अाज) विहानैदेखि ग्याँस लिने उपभोक्ताहरुको भिँड लागेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दैनिक २ घण्टा विहान ७ः०० बजेदेखि ९ः०० को ग्याँस विक्रिका लागि समय तोकेको छ । अन्य ग्याँसको तुलनामा भेरी ग्याँसका उपभोक्ता धेरै भएको र प्रशासनले तोकेको समय २ घण्टा कम हुँदा भिडभाड भएको सञ्चालक विनोद दाहालले जानकारी दिए ।

सामान्य अवस्था हुँदा मासिक १८ देखि २१ हजार सिलिण्डर ग्याँस विक्रि गर्दै आएको बताउँदै सञ्चालक दाहालले भने ‘यो अवस्थामा हामीले मासिक १०÷१२ हजार सिलिण्डर ग्यास त विक्रि गरेका छौं । हाम्रा उपभोक्ता धेरै हुनुहुन्छ । गोदाममा ग्याँस प्रयाप्त छ । अभाव होइन, समय कम भएर हो ।’ प्रशासनले तोकेको २ घण्टामा आफै प्रमुख डिलरबाट दैनिक १५० देखि २०० सिलिण्डर ग्याँस मात्रै वितरण भैरहेको छ ।
उपभोक्ता धेरै, वितरण गर्ने स्थान एउटै हुँदा यसले उपभोक्ताहरुको भिड एकै ठाउँ केन्द्रीत हुने समस्या देखिएकोछ । ग्याँस विक्रि वितरणमा प्रमुख विक्रेताले आफ्ना सव डिलर, विक्रि एजेन्टहरुमार्फत ग्याँस सहज उपलब्ध नगराउँदा उक्त समस्या आएको उपभोक्ताको गुनासो रहेको छ । संकटमा सबै आफै विक्रि गरौं भन्ने व्यापारीको मनसाय, प्रशासनले दिएको सिमित समय हुनु यसले गर्दा उपभोक्ताहरुको भिड लागेको उपभोक्ताको गुनासो छ । यस तर्फ जिल्ला प्रशासन कार्यालय सुर्खेतका ध्यान पुग्न सकेको छैन ।


सुर्खेतमा वितरण हुने भेरी तारा भाँडा पसल, मनकामना माँ दुर्गा सप्लायर्स, राप्ती र रेडियन्समा प्रयाप्त ग्याँस रहेको बताउँदै मनकामना ग्याँसका विक्रेता माँ दुर्गा सप्लायर्सका सञ्चालक धन बहादुर रावतले सुर्खेतमा कुनै पनि ग्याँस अभाव नभएको बताए । ग्याँस वितरण प्रभावकारी, समन्वयकारी बनाउनु सबै विक्रेताको दायित्व भएको बताउँदै ग्याँस खरिद गर्ने उपभोक्ता पहिलेको तुलनामा घटेको बताए ।

संधै फोनमै व्यस्त हुने, फोन लाग्दा पनि फोन नउठाउने सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेबाट सुर्खेतका सबै क्षेत्रका अगुवाहरु पिडित बनेका छन् । ‘प्रमुख जिल्ला अधिकारीको समन्वयकारी भूमिका नहुन समस्या रहेको छ । बाटोमा अलपत्र नागरिकहरुले दुःख पाएका छन् । दैनिक उपभोग्य सामाग्री विक्रि वितरण गर्ने अव्यवहारिक समय तालिकाबाट आलोचित बनेका प्रजिअ न्यौपाने आम नागरिकको भावना अनुसार समय तालिकामा हेरफेर गरेका छन् । ‘सडकमा अलपत्र नागरिकको उद्दारमा डिसिओ साप जिल्लास्थित आफ्ना मातहतका कार्यालय प्रमुख, प्रहरी युनिटहरुलाई परिचालन गर्ने सन्दर्भमासमेत कमजोर भूमिका देखियो’ एक नागरिक अगुवाले बताए ।

प्रदेश सरकार र स्थानीय तहले एकद्धार प्रणालीबाट विभिन्न क्षेत्रमा राहत विरतण गर्ने निर्णय गर्दा त्यसको कार्यान्वनयमा समेत प्रजिअले त्यसलाई नियन्त्रण गर्न नसक्दा समाजसेवीका नाममा आफुखुशी राहत वितरण गर्दै सस्तो प्रचार प्रसार भैरहेको जनप्रतिनीधिहरुको गुनासो छ । दैनिक उपभोग्य वस्तु ओसार, पसार, खरिद, विक्रिका व्यानर टाँंगेर ट्रक, जीपहरुबाट चुरोट, रक्सी लगायतका विलासी वस्तु वितरण भैरहेको गुनासो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार