भेरीगंगाबाट ३३ घर फर्किए

सुर्खेत, ८ बैशाख ।
भेरीगंगा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनबाट ३३ जना घर फर्किएका छन् । कोभिड–१९ को ¥यापिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई घर पठाइएको हो ।  भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) का अनुसार क्वारेन्टाइनमा हालसम्म बसेका १६१ को रयापिड टेष्ट गराइएको छ । आइतबार मात्रै ५१ जना क्वारेन्टाइनमा रहेका मध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता गरिएको छ । क्वारेन्टाइनमा रहेका अन्यलाई पनि १४ दिन पुरयाएर घर पठाउने तयारी भएको नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया