डोल्पामा पाँच जनाको रिपोर्ट नेगेटिभ

रामचन्द्र न्यौपाने
डोल्पा, ८ बैशाख
डोल्पामा स्वाब परिक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार जिल्लामा पुगेको कोभिड–१० द्रुत परिक्षण किडबाट पहिलो पटक पाँचजनाको परिक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको हो । जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुई जना सहित पाँच जनालाई पहिलो पटक द्रुत परिक्षण (आर.डि.टी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकोस्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको एकिन तथ्याङ्क नदिँदा धमाधम परिक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

स्वास्थकर्मीको टोली गाउँपालिकामा
भारतबाट आएका आठ जना सर्वसाधारणहरुको दु्रत परिक्षणका लागिआईतबार किड सहित डाक्टरहरुको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ । उनिहरुको परिक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली आईतबार गाउँपालिका तर्फ गएको जिल्ला अस्पतालले जनाएको छ । उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परिक्षण किड द्धारा स्वाब परिक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ ।

मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारणहरुरहेकाले उनिहरुको पनि परिक्षण गर्ने अस्पतालले जनाएको छ । स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुको द्रुत परिक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किड सहित डाक्टरको टोली खटाएर परिक्षण गरिने डा.रावलले बताए । डोल्पामा कोरोना आरडिटी परिक्षण किड १४० थान मलेरीयाको किड १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ । जिल्लामा तिनहजार भन्दा धेरै मानिसहरु भित्रिएको भएपनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन ।

तपाईको प्रतिक्रिया