काठमाडौंमा सासद विशुन्केको राहत

काठमाडाै‌, ८ बैशाख ।

ज्याला मजदुरी गर्न, उपचार गर्न र काम विशेषले दैलेखबाट काठमाडौं पुगेर लकडाउनका कारण त्यहाँ खान बस्नको असुविधा भोगिरहेका दैलेखीहरुलाई प्रतिनिधिसभा साँसद पार्वती बिशुन्केले काठमाण्डौंमा राहत सहयोग जुटाएकीछिन् । रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी, सचिव नारायण अधिकारी र सदस्य नवराज अधिकारीसहितको आर्थिक सहयोगमा काठमाडौंको भक्त्तपुर, गठ्ठाघर, सिंनाहामंगल र ललितपुरका गरी ५७जनालाई चामल, दाल, नुन र तेल राहत हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।


कोरोना भाइरस रोकथामकालागि सरकारले गरेको लकडाउनमा परी संकटमा पर्नु भएका जिल्लाबासीहरुलाई मानवीयता र जनप्रतिनिधि हुनुको नाताले व्यक्तिगत र अरु सहयोगी हातहरुको समन्वयमा उक्त राहत वितरण गरिएको साँसद बिशुन्केले बताइन् । राहत वितरण कार्यक्रममा पूर्व साँसद विनोद कुमार शाह, दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी लगायतको उपस्थिति थियो । पराई ठाउँमा अप्ठ्यारोको बेला भेटेको र गरेको सहयोग ठूलै लाग्दो रहेछ, गुराँस गाउँपालिका–३ खड्कबाडाका कर्णबहादुर बिकले सुनाए ।

तपाईको प्रतिक्रिया