कालिकोटमा पत्रकारलाई राहत बाँडियो

कालिकोट, ७ बैशाख । जिल्लामा क्रियाशील पत्रकारहरुलाई राहत बाँडीएको छ । गाँँउबाट जिल्ला सदरमुकाम आएर डेरामा बसी पत्रकारीतता गर्ने जिल्लाका बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुलाई नुन, तेल र खाद्यान्न राहत बाँडीएको हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य तथा अन्नपुर्णकर्मी बिस्नप्रसाद न्यौपानेको पहलमा नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष तथा हालल अमेरीका निवासी राजकुमार हमाल, जिल्लाका युवा व्यवसायीहरु दिनेश शाही, नमराज बुढा र उद्धव बरालको सहयोगमा जिल्लाका क्रियाशील २१ जना पत्रकारहरुलाई राहत बितरण गरिएको हो ।

आईतबार नेपाल पत्रकार महासंघको शाखामार्फत सबै पत्रकारहरुलाई एक एक बोरो चामल, एक एक पोका नुन र तेल बितरण गरिएको छ । पत्रकारलाई राहत बितरण गर्ने राजकुमार हमाल अमेरीकाको नेपाली जनसम्पर्क समिति विन्स्क्न्सन च्याप्टरका उपाध्यक्ष हुन् । दिनेश शाही ग्लोबल अटोपार्टसका संचालक हुन् । नमराज बुढा कालिकोट उद्योग बाणिज्य संघका सदस्य तथा जिएन कम्यूनिकेशन एण्ड मोबाईल ग्यालरीका संचालक हुन् । यस्तै उद्धव बराल हिमशोभा जनरल स्टोरका संचालक हुन् ।

अमेरीका निवासी तरुण नेता हमालले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको महामारी रोक्न लकडाउन भईरहेका बेला गृह जिल्लाका पत्रकारहरुलाई समस्या नहोस भन्ने उद्देश्यले सहयोग गरेको बताए । उनले जिल्लाका ग्रामिण स्तरमा समस्यामा परेका नागरिकहरुका लागि पनि आफुले सक्दो सहयोग गर्ने बताए । यस्तै युवा व्यवसायी दिनेश शाहीले विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकलाई सु­सुश्चित गर्न फिल्डमा खटिने पत्रकारहरुलाई समस्या नपरोस भनेर सहयोग गरेको बताए । उनले सत्यतथ्य सूचनना जनतालाई दिएर सुरक्षित भएर काम गर्न आग्रह गरे ।

उनले आफुहरुले आफ्नो व्यक्तिगत खर्च कटाएर पत्रकार साथीहरुलाई सहयोग गरेको बताए । यस्तै युवा व्यवसायी नवराज बुढा र उद्धव बरालले आफुहरुले सधै दुखी, पीडित नागरिकको पक्षमा कलम चलाउने श्रमजीवी पत्रकारहरुलाई समस्या नहोस भनी सहयोग गरेको बताए । उनीहरुले जिल्लाका बिकट बस्तीमा रहेका समस्या उजागर गरी नागरिकका हितमा सूचना सम्प्रेषण गर्न अनुरोध गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले विपद्का बेला ज्यान जोखिममा राखी फिल्मा काम गर्ने पत्रकार साथीहरुलाई सहयोग गरी ठुलो सहयोग गरेकोमा सहयोगी सबैलाई धन्यबाद दिए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य तथा अन्नपुर्र्णकर्मी बिस्नप्रसाद न्यौपानेले डेरामा बसी पत्रकारीता गर्नुको पीडा आफैले पनि भोग्नु परेकाले पत्रकार साथीहरुलाई राहत बितरण गर्नका लागि पहल गरेको बताए । उनले भने, आफुले विगत १४ बर्षदेखी डेरामा बसी पत्रकारीता पेशामा क्रियाशील रहदा भोग्नु परेको पीडालाई मध्यनजर गरी सहकर्मीहरुलाई राहत जुटाएको हुँ । बिशवभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोक थामका लागि सरकारले लकडाउन अवधि बढाईरहेका बेला पत्रकारहरुलाई समस्या नहोस भनेर सहयोगी मनहरुलाई आग्रह गरेको हो । उनले आफुले गरेको आग्रहलाई स्वीकार गरी पत्रकारहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

तपाईको प्रतिक्रिया