अलपत्र नागरिकको उद्धार गर्दै तिलागुफा

तुलराज पाण्डे
कालीकोट, ७ बैशाख ।
कालीकोटको तिलागुफा नगरपालिका भित्रका देश, विदेशमा अलपत्र नागरिकको उद्धार गरिने भएको छ । नगरपालिकाले आइतबार एक प्रेस नोट प्रकाशित गर्दै देशका बिभिन्न ठाउँमा रहेका नागरिकहरुले आफु बसेको स्थानका बारेमा जानकारी गराउन र नजिकका आफ्ना साथीहरुको पनि विवरण राखी खवर गर्न अनुरोध गरेको छ । नगरप्रमुख रत्न बहादुर शाहीद्धारा हस्ताक्षरित प्रेस नोटमा जुन सुकै स्थानमा रहेका तिलागुफाका नागरिकहरुले आफु लगायत अरु कोही भएपनि सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

नगर प्रमुख शाहीले देशका बिभिन्न स्थान र छिमेकीमुलुक भारतमा अलपत्र परेका नागरिकलाई पनि सम्पर्क गर्न बिज्ञप्तीमा उल्लेख गरिएको बताउनुभयो । उहाँले भारतमा रहेका नागरिकहरुको पनि सकेजति उद्धार गर्ने बताउनुभयो । सरकारले पनि आवस्यक तयारी पुरा गरेर ल्याउन आन्तरिक सल्लाह दिएको हो भन्ने हाम्रो प्रश्नमा प्रमुख शाहिले ल्याउन सकिनेलाई ल्याउने र भारतमा रहेका नागरिकहरुको बारेमा समस्याको पहिचान गरी उनिहरुलाई राहत दिलाउनका लागि सहयोग गर्ने बताउनुभयो ।

‘हामी जसिक्दो सहयोग गछौ, त्यसैका लागि विवरण संकलन गर्न सजिलोका लागि सुचना जारी गरेका हौं ।’ सुचनामा मोवाईल नम्वरमा फोन गरी आफ्नो बारे जानकारी गराउन भनिएको छ । उहाँको नम्वरमा फोन गरेपछि तुरुन्तै मुलुकका बिभिन्न जिल्लामा रहेका नागरिकलाई घर फर्काउने काम सुरु गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया