सुर्खेत, ६ बैशाख ।
कर्णाली प्रदेशमा कोरोनाको द्रूत परीक्षण (र्यापिड टेष्ट) नै सुस्त गतिमा भएको छ । चैत २८ गतेदेखि सुरु भएको ¥यापिड टेष्ट हप्तादिन वितिसक्दा पनि दुई हजार सात सय जनामा मात्रै रयापिड टेष्ट भएको छ । कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरिएको थियो ।
कोरोना परीक्षणको नमूना परीक्षण गर्न कर्णाली प्रदेश प्रयोगशालाको पीसीआर मेसिनले भार थेग्न नसकेपछि द्रूत परीक्षण प्रविधि अपनाइएको थियो । तर परीक्षण पनि सुस्त गतिमा सुरु भएको छ । जसले गर्दा गाउँमा कोरोनाको जोखिम बढेको छ । यद्यपी कर्णाली प्रदेश स्वास्थ्य निर्देशनलायले भने भौगोलिक विकटताकै कारण रयापिड टेष्ट सुस्त द्रुत गतिमा हुन नसकेको जनाएको छ ।
‘हामीले दु्रत परीक्षण नगरेको होइन, तर भौगोलिक विकटताले किटहरु समयमै पुग्न सकेन’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले भनिन्,‘मुगु, हुम्ला र डोल्पा जिल्लामा बस्ती जिल्लामा एउटा टोलबाट अर्काे टोल पुग्न घण्टौं लाग्छ, दिन भरमा मुश्किलले ५०/६० जनाको सम्भव भएको छ ।’ स्वास्थ्यकर्मीहरु भ्याएसम्म खटिरहेको भन्दै उनले रयापिड टेष्ट सुस्त गतिमा भयो भन्न नमिल्ने तर्क गरिन् । ‘डोल्पामा किट पठाउनै हप्तादिन लाग्यो, सदरमुकामबाट गाउँमा किट पुरयाउन फेरि चार-पाँच दिन लाग्छ’ उनले भनिन्,‘हामीले भौगोलिक विकटताले साथ दिएन, भ्याएसम्म गरेकै छौँ ।’
सुगम जिल्लामा भने एकिन तथ्याङ्क नहुँदा समस्या भएको उनको तर्क छ । ‘निर्देशनालयलाई एक जना पठाएको ठाउँमा गाउँ पुग्दा दुई÷तीन सय मानिस बढी भेटिन्छन्’ भण्डारीले भनिन्,‘ एकिन तथ्याङक नहुँदा पनि समस्या भयो, जसकाकारण केही जिल्लामा ¥यापिड टेष्ट रोक्नुृ परेको छ ।’ प्रत्येक जिल्लामा दुइदेखि चार वटासम्म टोली बनाएर रयापिड टेष्ट सुरु गरेको निर्देशनालयले जनाएको छ । किट सकिएपछि जिल्लामा सबै टोलिले रयापिड टेष्ट गर्न पाएका छैनन् । किट अभाव भएपछि दैलेख, कालिकोट, जुम्ला र मुगु लगायतका जिल्लाको केही टोलीले रयापिड टेष्ट रोकिएको छ भने केही टोलीले स–साना टोलहरुमा रयापिड टेष्ट गरेका छन् । संघीय सरकारले कर्णाली प्रदेशमा पाँच हजार किट पठाएको थियो । जसमध्ये झण्डै दुई हजार किट बाँकी छ । तर जिल्लाले एकिन तथ्याङ्क नपठाउनु र जिल्लामा पुगेको किट पनि समानरुपले वितरण हुन नसक्दा द्रूत परीक्षण प्रभावकारी हुन सकेको छैन । कर्णालीका दश जिल्लामा दुई हजार सात सय ७७ जनामा ¥यापिड टेष्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतमा सबैभन्दा बढी अर्थात नौ सय ४८ जनाको ¥यापिड टेष्ट गरिएको छ । दैलेखमा दई सय २३ जना, डोल्पामा तीन जना, हुम्लामा ८३ जना, कालिकोटमा दुई सय ६ जना, जाजरकोटमा दुई सय ६७ जना ¥यापिड टेष्ट गरिएको हो । त्यस्तै जुम्लामा दुई सय २५ जना, मुगुमा तीनसय चार जना र सल्यानमा पाँच सय १८ जनामा ¥यापिट टेष्ट गरिएको हो ।
कर्णालीका नौ सय नमूना परीक्षण
कर्णाली प्रदेशमा हालसम्म नौ सय २२ जनाको नमूना परीक्षण गरिएको छ । भारत र तेस्रो मुलुकबाट आएका र कोरोनाको सम्भावित लक्ष्यण देखिएका मध्ये नौं सय २२ जनाको नमूना परीक्षण गरिएको हो । जसमध्ये सुर्खेतमा एकसय ७६, धनगढीमा ९९ र काठमाडौंमा ६ सय ४६ जना गरी कुल नौ सय २२ जनाको नमूना परीक्षण गरिएको हो । कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालनमा ल्यापको पीसीआर क्षमता न्यून भएपछि कर्णाली प्रदेशबाट सुदुरपश्चिममा ९९ र ६ सय १६ जनाको नमूना काठमाडौंमा परीक्षण गरिएको छ । प्रदेशमा ल्याव खुल्नु अघि पनि ३१ जनाको नमूना केन्द्रमै परीक्षण गरिएको थियो । समग्रमा काठमाडौं, धनगढी र सुर्खेतमा गरी कुल नौं सय २२ जनाको स्वाव परीक्षण गरिएको छ । हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ नै आएको छ
सल्यान र जाजरकोटमा स्थगित
किट अभावका कारण सल्यान र जाजरकोटमा ¥यापिट टेष्ट रोकिएको छ । किट अभाव हुँदा शंकास्पदको परीक्षण गर्न समस्या भएको छ । जसमा सल्यानका चार स्थानीय तहमा ¥यापिड टेष्ट भएको छैन । शारदा, बागचौर र वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा विदेशबाट आएका नागरिकको ¥यापिड टेष्ट गर्न बाँकी छ । ‘हामीलाई ६ सय किट आएको थियो, दुई दिनमै सकियो’ जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुनकुमार बुढाले भने, ‘किन उपलब्ध नहुँदासम्म ¥यापिड टेष्ट रोकेका छौं ।’ सल्यानका दश स्थानीय तहमध्ये चार पालिकामा रयापिट टेष्ट गर्न बाँकी रहेको उनको भनाइ छ । ‘दुई दिनमा ६ स्थानीय तहका पाँचसय १८ जनामा रयापिट टेष्ट गरेका छौँ ।’ उनले भने ‘किट सकियो भनेर प्रदेशसँग जानकारी गराएका छौँ, केही दिनपछि मात्रै रयापिड टेष्ट सुरु गर्छाैँ ।’
जाजरकोटमा पनि सिंगो दुई वटा स्थानीय तहमा रयापिड टेष्ट गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार कुसेगाउँपालिका र शिवालय गाउँपालिकामा ¥यापिट टेष्ट गर्न बाँकी रहेको छ । त्यस्तै रयापिड टेष्ट सुरु गरिएका सबै पालिका पनि सबैको परीक्षण भएको छ । जाजरकोटमा भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जना गरी कुल दुइसय ६७ जनामा ¥यापिड टेष्ट गरिएको छ ।
थप तीन हजार किट झिकाइँदै
रयापिड टेष्टका लागि कर्णाली प्रदेशले थप तीन हजार किट झिकाइएको छ । किट अभावका कारण केही जिल्लामा पूर्णरुपले रयापिड टेष्ट रोकिएपछि केन्द्रबाट किट झिकाइएको हो । ‘ प्रदेशमा तीन हजार किट झिकाएका छौं ।’ निर्देशक भण्डारीले भनिन्,‘ काठमाडौंबाट किट आएपछि सल्यान, जाजरकोट र अभाव भभएका जिल्लामा पठाउँछौँ ।’ एक/दुई दिनमा किट आउने निर्देशनालयले जनाएको छ । विदेशबाट आएका नागरिकहरुको एकीन तथ्याङ्क नहुँदा अझै पनि किट झिकाउनुपर्ने अवस्था आउन सक्ने निर्देशनालयको भनाइ छ । ‘विदेशबाट कति नागरिक गाउँ फर्किए भन्ने तथ्याङ्क छैन, तथ्याङ्क आएपछि किट झिकाउन सजिलो हुन्यो’ निर्देशक भण्डारीले भनिन्, ‘नमूना परीक्षण गर्ने प्रयोगशालाको क्षमता कम हुनु र एकिन तथ्याङ्क छैन, तीन हजार रयापिड टेष्टले मात्रै नपुग्न सक्छ ।’
युग संवाददाता । । ७ बैशाख २०७७, आईतवार १३:१४