ब्रेकिङ : कानून मन्त्रीको जिल्लाबाट हिडेका मजदुर जिप्रका अगाडी चाैतारामा अलपत्र

सुर्खेत, ६ बैशाख । (१०ः३० बजे) .
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको गृह जिल्ला जुम्लाबाट पैदल हिडेका बर्दियाका १४ जना मजदुरहरु वीरेन्द्रनगरमा अलपत्र परेका छन् । जुम्लाका विभिन्न पूर्वाधार निर्माणमा खटिएको मजदुरहरुको १४ जनाको टोली वीरेन्द्रनगर बजारमा अलपत्र परेको हो । जुम्लाबाट पैदलै हिडेर सुर्खेत वीरेन्द्रनगर शनिबार साँझ ९ः०० आइपुगेको टोली क्वारेन्टाईन अगाडी, जिल्ला प्रहरी कार्यालयको क्यान्टिनमा खाना खाएका छन् । खाना खाएपछि सुत्ने कुनै प्रवन्ध नभएपछि अहिले जिप्रका अगाडी पिपलचौतारामा अलपत्र अवस्थामा जागराम बसेर रात कटाउने सुरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया