ब्रेकिङ : मेडिकल, अस्पताल दैनिक, तरकारी विहान, खाद्यान्न हप्तामा ३ दिन खुल्ने

सुर्खेत, ६ बैशाख ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले दैनिक उपभोग्य वस्तुहरु खोल्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ । भोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टको शनिबार साँझ बसेको बैठकले पुरानो निर्णय सच्याउँदै नयाँ समय तालिका सार्वजनिक गरेको छ । चौतर्फी विरोध भएपछि तत्काल प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले सरोकारवालाको बैठक डाकेका नयाँ निर्णय गरेका छन् ।

दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुका पसल सञ्चालन तथा खुल्ला राख्ने नयाँ समय तालिकाको निर्णय भएको छ । तरकारी तथा दुग्ध पदार्थहरुको ढुवानी, विक्रि वितरण प्रत्येक दिन विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म तोकिएको छ । सुर्खेत उपत्यका क्षेत्रभित्रका अत्यावश्यकीय खाद्य पदार्थ एवं किराना सामाग्री सोमबार, बुधबार र शुक्रबार विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म विक्रि वितरण गर्ने व्यवस्था मिलाउने र सो को सहजिकरण सुर्खेत उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ ।


त्यसैगरी औषधी पसल तथा निजी अस्पतालहरु अनिवार्य रुपमा प्रत्येक दिन खुल्ला गर्ने, विरामी ओसार पसार गर्ने एम्बुलेन्समा एक जना विरामी र एक जना कुरा मात्र राखी आवत जावत गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । बजारलाई व्यवस्थित गर्न वडा प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा नेपाल प्रहरी र उद्योग वाणिज्य संघको सहभागिता रहने गरी बजार अनुगमनको व्यवस्था मिलाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए । कोभिड–१९ को पि.सी.आर र आर.डि.टी. परीक्षणका सम्बन्धमा आधिकारिक पुष्टि नभएका सामाग्रीहरु आमसञ्चार माध्यमबाट प्रकाशन प्रशारण गरी भ्रम सृजना हुने भएकाले त्यसतर्फ जिम्मेवारी भैदिन आग्रह गर्ने निर्णय समेत भएको छ । भएका निर्णयहरु सर्वसाधारणको जानकारीका लागि प्रत्येक वडामा माईकिङ गर्ने निर्णय भएको जनाइएको छ ।

याे पनि पढनुहाेस :

प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार