बनगाड कुपिण्डेमा विपन्न परिवारलाई राहत वितरण सुरु

दुर्गा विसि/ सल्यान (सल्लीबजार), ६ बैशाख ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाले लकडाउनका कारण गासकाे जाेह हुन नसकेका विपन्नहरुलाइ राहत वितरण सुरु गरेको छ ।काेराेना राेकथाम तथा नियन्त्रणकाे समयमा लकडाउनका कारण गासकाे जाेह हुनै नसकेको घरपरिवारलाई मात्रै पहिलो चरणमा राहत वितरण गरिएको छ । पहिलो चरणमा याे समयमा जस्काे चुलाे वल्ल सकिरहेको छैन त्यस्ता परिवारलाई मात्रै २५ केजि चामल, ४ केजि दाल, २ पाेका नुन, २ लिटर तेल र सावुन दिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गाेविन्द कुमार पुनले बताउनुभएको छ । लकडाउनबाट निकै प्रभावित ज्याला मजुरि गरि खाने विपन्न वर्गीय परिवारलाई विपद व्यवस्थापन समितिकाे वैठकबाट छ्नौट्मा परेकाहरु १ नं वडा देखि १२ नम्बर वडासम्मका ७ सय ५३ जना घर परिवारलाई राहत दिने निर्णय भए अनुसार काम सुरु गरिएको नगर प्रमुख पुनले जानकारी दिनु भएको छ । शनिबार सुरु भएको १ नं वडामा १ सय २६ जना विपन्न परिवार मध्य ७२ जनाले राहत वुझेका छन् ।

याे पनि पढनु हाेस

कोरोना नियन्त्रणमा सिम्ताको लोकप्रिय ‘युनिट एक्सन टीम’

विपन्न परिवारका गासकाे मात्रै जाेह हुन नसक्ने घरपरिवारलाई राहत दिइने जनाएको छ । शनिबारबाट सुरु भएको राहत वितरण कार्यक्रम नगर प्रमुख पुन, उपप्रमुख मञ्जु यरि, वडा अध्यक्ष शान्त कुमार यरि, नेपाल रेडक्रस साेसाइटी कर्णाली प्रदेश सदस्य गणेश विसि, सुरक्षाकर्मी, नेपाली सेना, रेडक्रस सल्ली शाखा प्रतिनिधि र अन्य महानुभावहरुकाे उपस्थिति रहेको थियोे । अब प्रत्येक वडामा राहत कार्यक्रम सुरु हुने वताएकाे छ । काेराेना भाइरस राेकथाममा बनगाड कुपिण्डे नगरपालिकाले पनि सरकारेकाे निर्देशन कडाइका साथ पालना गर्दा लकडाउनका मजदुरी गर्न नपाइ धेरै नागरिककाे राेजिराेटिमा समस्या भएको छ । यस्तो कुरालाई बनगाड कुपिण्डे नगरपालिकाले गम्भीर रुपमा लिएको जनाएको छ ।काेराेना राेकथामकाे लागि सबै कसुर प्रयोग भएको वताएकाे छ ।

तपाईको प्रतिक्रिया