अश्लील भिडियो बनाएरैे बार्गेनिङ

काठमाडौं, ६ बैशाख ।
गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ । बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ ।

घटना नारी दिवसकै दिन फागुन २५ गते रातिको हो । रामेछाप दिमी पोखरी घर भई हाल काठमाडौं महानगरपालिका १२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार सेक्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले रक्सी खाएका थिए । नशा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन प्रस्तावको प्रस्ताव गरेका थिए । यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेस्ट हाउसमा खाएको बिल तिर्न गाह्रो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन् भन्ने खबर । योजनाअनुसार ती युवती आफैंले ३ लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन् । तर २ लाख ५० हजारमा कुरा मिलेको थियो । युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजार मात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ । वृत्तका डीएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार