नेविसंघको विद्यार्थीहरुलाई रिचार्ज

सुर्खेत, ६ बैशाख ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन जारी छ । लकडाउनका बिच नेपाल बिद्यार्थी संघ सुर्खेतले आफ्नो ५१ औं स्थापना दिवस मनाएको छ । लकडाउनका कारण मोबाईल रिचार्ज गर्न नसकेका कर्णाली प्रदेशका बिद्यार्थीहरुलाई रिचार्ज उपलब्ध गराएर नेबिसंघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ । सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एबंम सुर्खेत सञ्चारका सञ्चालक हर्ष बिक्रम खड्काले एक सय ९७ जना विद्यार्थीहरुलाई एकसय रुपैयाँका दरले १९ हजार ७ सय बराबरको रिचार्ज उपलब्ध गराउनु भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सुचना सम्प्रेषण गरेर आवश्यक विद्यार्थीहरुको नम्बर संकलन गरी रिचार्ज कार्ड उपलब्ध गराइएको नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले जानकारी दिए । अध्यक्ष बिसीले अत्यन्तै जटिल परिस्थितिमा मानवीय सहयोग गर्नुभएकोमा उद्योग बाणिज्य संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्कालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया