युवा वैज्ञानिकले बनाए आधुनिक सेनिटाइजर गेट

सुर्खेत, ६ बैशाख ।
सुर्खेतका दुई युवा बैज्ञानिकले सोलार जडित अत्याधुनिक सेनिटाईजर गेट निर्माण गरेका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोक्थामका लागि प्रत्येक व्यक्तिमा हुने किटाणुको संक्रमण नियन्त्रण गर्न सेनिटाइजर एक नौलो आविष्कार बनाएका हुन । सुर्खेत निवासी युवा बैज्ञानिक श्याम कुमार विष्ट (साइन्स फिजिक्स), राजेन्द्र विष्ट (वायो केमिस्ट) ले सोलार जडित अत्याधुनिक वाक थ्रो सेनिटाइजर गेट नेपालमै पहिलो पटक निर्माण गरेका हुन ।

सुर्खेत साइस एण्ड सर्जिकल र सुर्खेत वायु केमिकल एण्ड आइजिन इण्डस्ट्रिका सञ्चालक रहेका दुई भाईले नयाँ प्रविधिको निर्माण गरी वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेका छन् । वीरेन्द्रनगर नगपालिकाको स्वास्थ्य शाखाको निर्देशन, प्रत्यक्ष निगरानी र सल्लाहमा निर्माण गरी नगरपालिकालाई निःशुल्क हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा अधिकृत भुपेन्द्र गिरीलाई शनिबार हस्तान्तरण, जडान गरी सञ्चालनमा ल्याइएको छ । कार्यालय वा घरमा प्रवेश गर्ने व्यक्तिहरुलाई सुरक्षित बनाउने सेनिटाइजर गेट आफनै सृजना र मौलिकमा निर्माण गरी प्रयोगमा ल्याइएको छ । जनघनत्व बढी आवत जावत गर्ने कार्यालय वा घरमा समेत प्रयोग गर्न सकिने बताइएको छ ।

उक्त गेटले केमिकलको छिर्काउ विधिबाट सोलारको सहायताबाट मोटरपम्प प्रयोग गरेर नोजलबाट केमिकल स्प्रे गराएर कुनै पनि व्यक्तिलाई संक्रमण भाईरस रहित, सुरक्षित गराउन सकिने निर्माणकर्ता युवा बैज्ञानिक श्याम कुमार विष्टले जानकारी दिए ।  यो मेसिनको प्रयोग गरी दैनिक हजारौंको सख्याका व्यक्तिहरुलाई पूर्ण रुपमा संक्रमणका किटाणु रहित, सुरक्षित गराउन सकिन्छ उनको भनाई छ । गेटमा यसमा मुख्यगरी दुई वटा प्रवेशद्धार रहेका छन् । एउटाबाट जाने र अर्कोबाट फर्किने द्धार बनाइएको छ ।

ढोकाभित्र प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर स्टार्ट गर्दछ र सोलारको सहायताले ट्याङ्कीमा रहेको केमिकल वास्विकरण विधिबाट व्यक्तिलाई पूर्ण रुपमा सेनिटाईज गराउन सकिने निर्माणकर्ता बैज्ञानिक राजेन्द्र विष्टले जानकारी दिए । यसमा प्रयोग भएको मुख्य केमिलक विश्वभर प्रयोग हुँदै आएको डिसइन्फयाक्टेन्ट रुपमा रहेको सोडियम हाइपोक्लोराईटको प्रयोग गरिएको उनको भनाई छ । सोलार सिस्टमको जडान गर्दा ८० हजार, विद्युतिय सिस्टम जडान गर्दा ६० हजार लागत लाग्ने उक्त प्याकेजमा ५० लिटरको केमिकल हस्तान्तरण हुने जनाइएको छ । यसका बारेमा थप जानकारी लिनुपरेमा फोन नं. ९८४८१६०१०५ र ९८५८०५२९२४ मा सम्पर्क राख्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया