जन्मदिनको अवसरमा विपन्नलाई राहत

तुलराज पाण्डे
कालिकोट, ५ बैशाख ।

कालिकोट पलाँता गाउँपालिका युवा सञ्जाल अध्यक्ष जलशा बुढाले आफ्नो जन्मदिनको अबसरमा विपन्न परिबारलाई राहत बितरण गरेकी छन् । अध्यक्ष बुढाले पलाँता गाउँपालिका वडा नं. १, २ र ३ का जम्मा ७० वटा विपन्न घर परिवारलाई राहात बितरण गरेकी हुन ।  करिब ७० विपन्न घरपरिवारलाई १५ केजी चामल २ प्याकेट नुन र १ प्याकेट तेलका दरले राहत वितरण गरेकी हुन् । एक कार्यक्रमको आयोजना गरी उनले १ लाख बराबरको सामाग्रीसहित राहत बितरण गरी आफ्नो जन्मदिन मनाएकी छन् ।



पलाँता युवा सञ्जालकी अध्यक्षसमेत रहेकी बुढाले सामाजिक क्षेत्रमा आफ्नो सेवा गर्ने र समाजमा महिलामाथी गरिने विभेदको अन्त्य गर्दै महिला पनि समाजको जिम्मेवार नागरिकको पहिचान भएको बताइन । उनले एक लाख बराबरको राहात सामान बितरण गरेर विपन्न् परिवारलाई सहयोग गरेकी छन् । परिवारका वडा नं. २ कि ६५ बर्षिय हिउँसिला बमले छोरी भएर यस्तो काम गरेकोमा धन्यबाद ब्यक्त गरिन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार