खाद्य संस्थानद्वारा चामल वितरण

रासस
हुम्ला, ६ बैशाख ।
नेपाल खाद्य संस्थान हुम्लाले लकडाउनका बीच कोही पनि भोकै भएको खबर सुन्न नपरोस् भनी खाद्यन्न वितरण शुरु गरेको छ । लामो समयदेखि खाद्यान्न बिक्रीवितरण नगर्दा जनतालाई खाद्यान्न समस्या हुने देखिएपछि संस्थानले सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका सर्वसाधारणका लागि खाद्यान्न बिक्री शुरु गरेको हो ।

खार्पुनाथ र नाम्खा गाउँपालिकालाई २८२ क्विन्टल २० केजी खाद्यान्न बिक्री गरिएको संस्थानले जनाएको छ । यस्तै सिमकोट गाउँपालिकाले पनि खाद्यन्न वितरण शुरु गरेको छ । वडा नं ५ कार्यालयले भीडभाड कम हुनेगरी प्रतिव्यक्ति पाँच केजीका दरले वितरण गरेको वडाध्यक्ष कृष बोहरोले बताए । एक बोरा चामलको मूल्य रु एक हजार नौ सय परेको छ । लकडाउनका कारण खाद्य संस्थानले सम्बन्धित गाउँपालिकाको रोहबरमा चामल वितरण शुरु गरेको हो ।


लकडाउनमा हुम्लामा खाद्यान्न समस्या हुने देखिएपछि सरकारले हवाई मार्गबाट खाद्यान्न ढुवानी गरिरहेको छ । अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग भएर सिमकोटमा करीब ६ हजार क्विन्टल चामल भित्रिएको संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार