जुनिचाँदेमा विपन्न परिवारलाई खाद्यान्न

जाजरकोट, ५ वैशाख ।

जुनीचाँदे गाउँपालिका जाजरकोटले विपन्न परिवारलाई खाद्यान्न सहितको राहत बितरण गरेको छ । कोरोना भाईरसको सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनको कारण खाद्य अभावमा रहेकाहरुलाई गाउँपालिकाको ११ वटै वडाको ५ सय ९५ घरधुरीलाई चामल लगायत सामग्री बितरण गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभएको छ ।

९४ क्विन्टल चामल, ११ क्विन्टल दाल, १ हजार लिटर तेल र २२ क्विन्टल नुन सहितको राहत सामग्री बितरण गरिएको उहाँको भनाईछ । गाउँपालिका भरीको कुनै पनि नागरिक भोकरोगले समस्यामा नपर्ने गरी खाद्य सामग्री र औषधी लगायतको प्रबन्ध गरिएको र अझै आवश्यकता भए थप व्यवस्थापन गरिने उनले उहाँको भनाई छ ।

त्यस्तै लकडाउनको कडाई गर्दै बाहिरबाट आएका र होम क्वारेन्टाइनमा बसेका २५० जनाको स्वास्थ्य जाँच गर्नुको साथै खाजा नास्ताको व्यवस्थापन गरेर होम क्वारेन्टाइनमै बस्न सल्लाह सुझाव दिइएको का.वा. अध्यक्ष आचार्यको भनाई छ । जुनिचाँदे गाउँपालिकाले कोरोना भाइरसको महामारी र प्रकोप नियन्त्रण गर्न प्रतिकार्यहरुमा तिब्रता दिइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया