ब्रेकिङ : कर्णालीका दुईको रिपोर्ट नेगेटिभ

सुर्खेत, ५ बैशाख ।
रुकुम पश्चिमका कोरोना संक्रमणको आशंका गरिएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ । केन्द्रीय प्रयोगशालाको शुक्रबार साँझ आएको रिपोर्ट अनुसार कर्णाली प्रदेशबाट पठाइएका दुई जनाको नमूनामा नेगेटिभ देखिएको हो । पूर्व गृहमन्त्री तथा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले केही समय अघि आफनो सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै पश्चिम रुकुमका दुवै जनाको रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेका छन् ।


उनले लेखेका छन् ‘रुकुम बाफिकोटका भारतबाट आएका २ जनाको धनगढी ल्यावमा कोरोना पोजेटिभ आएको रिपोर्ट केन्द्रीय ल्याव टेकुमा नेगेटिभ रिपोर्ट आएको छ’ उनले शुक्रबार साँझ ७ः५५ मिनेट जाँदा फेसबुकमा लेखेका थिए । रिपोर्टमा आशंका गरिएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको थियो । कोरोना आशंका गरिएका २ जनाको परिवारसहित १६६ जनाको र्यापिट टेष्ट, सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं.६ र ७ का दुर्य जनामा कोरोना रिपोर्ट संकास्पद आएपछि जिल्लामा थप सतर्कता बढाईएको छ ।

धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा रहेको मेसिनमा परिक्षण गर्दा पश्चिम रुकुमका दुई जनाको रिपोर्ट संकास्पद आएको थियो । रिपोर्ट संकास्पद आएपछि भारतबाट फर्किएका फर्किएका वडा नं. ६ का ३५ बर्षिय र वडा नं. ७ का ३६ बर्षिय पुरुषलाई विहिबार चौरजहारी अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ भने उनीहरुका नमूना पुनः संकलन गरेर थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा २०३४८०२ जना संक्रमित, निको भएका ५५५५३३ जना र मृत्यु १३५१६३ जनाको भएको छ भने स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ७७०२ जनाको ७७ जिल्लामा परिक्षण गरिएको छ । ७६७२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन भने ९० जना आइसोलेसनमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया