शिव मन्दिरका पुजारीलाई राहत

सुर्खेत,५ बैशाख ।
सुर्खेतस्थित उत्तर गंगजलेश्वर शिव मन्दिरमा रहेका पुजारीले राहत पाएका छन् । हप्तौंदेखि भोकभोकै पुजाँपाठ गरिरहेका पुजारीलाई वीरेन्द्रनगर नगरपालिकाले राहत उपलब्ध गराएको हो । नगरपालिकाको वडा नम्बर २ र शिव मन्दिर व्यवस्थापन समितिले आश्यक राहत उपलव्ध गराएको छ ।

विश्वभरी फैलिएको कोरोना महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि शिव मन्दिरका पुजारी पनि समस्यामा परेका थिए । लगडाउनले गर्दा शिव मन्दिरमा रहेका पुजारीको वास्तविक समस्या बुझेर राजधानी दैनिकले स्थलगत रिपोटिङ्गमार्फत समाचार प्रकाशन गरेको थियो । बृद्धा पुजारी कृष्णा गिरीले मन्दिरमा चामल, तेल, नुन, तरकारी र पुजाको सामान राहत आउँदा निकै खुसी भएकी छन् ।


पुजारीले राहत पाएपछि उत्तर गंगाजलेश्वर धामको शिवालय मन्दिरमा नियमित पुजापाठ भएको छ । धर्म कर्म गर्ने पुजारीलाई नगरपालिकाले भोको नराख्ने नगरपालिकाले प्रतिबद्धता गरेको छ । लकडाउनको बेला मन्दिरमा पुजारी भोकै बस्नु परेको पीडा सञ्चारमाध्यममार्फत थाहा पाएपछि तत्काल राहत उपल्वध गराइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समाचारमा मन्दिरको अवस्था आएपछि नगरपालिका र मन्दिर व्यवस्थापन समितिले थाहा पाएर राहत दिन आएको पुजारी गिरीले बताइन् । लगडाउन नहुनु पूर्वमन्दिर दर्शन गर्न आउने भक्तजनले ल्याएको फलफुल र प्रसाद खाने गरे पनि आजभोलि भने मन्दिर सुनसान बनेको छ । ९ वर्षसम्म यही मन्दिरमा बस्दै गरेकी बृद्धा पुजारी गिरीले पहिलो पटक यो समस्या भागेको बताइन् । पुजारी गिरीसँगै जुम्ला चन्दननाथका एक बाबाजी पनि सोही शिव मन्दिरमा बस्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार