कालिकोटमा विपन्नलाई नगदसँगै खाद्यन्न

कालीकोट, ५ बैशाख ।

तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक तथा असहाय वर्गलाई राहत वितरण गरेको हो । स्थानीय तहले मापदण्ड नै बनाएर अभिभावक नभएका, आयस्रोत नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न समस्या पर्ने विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ ।

गत आइतवार ५३६ परिवार र सोमवार ५३४ र नरहरिनाथमा चार सय ८० गरी जम्मा १५ सय ३० घर परिवारलाई नगरपालिकाले राहत स्वरुप चामल र नगद रकम वितरण गरिएको छ । एक महिना लामो समयदेखी लकडाउनका कारण घरमै वस्न बाध्य भई विहान वेलुकी हातमुख जोड्न गाह्रो भएका अति विपन्न परिवारलाई स्थानीय तहकोे समन्वय, प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा राहत बितरण गरिएको हो । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले राहत वितरणका लागि स्थानीय गैरसरकारी सँस्था हुरुण्डेक नेपाल, किर्डाक नेपाल र सादा नेपालले सहजिकरणको भुमिका खेलेको बताए ।


उनले आइतवार नगरकै सहयोगमा ५३६ घरपरिवारलाई ३ हजार वरावरको चालम दाल, नुन र तेल वितरणको र सोमवार २ हजार ७३० रुपियाँ नगदै हस्तान्त्रण गरेको बताए। विपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खडाले दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्न गाह्रो भएका विपन्न नागरिकलाई पटक पटक राहत वितरण गरिने बताए । उनले सुरुको राहत वितरणमा केही ढिलाई भएपनि नगरले विपन्न नागरिकहरुको समुह निधारण गरेर राहत वितरण सुरु गरेको हो । अध्यक्ष सिम्खडाले राहत वितरण क समुह वाट सुरु गरेर घ समुहमा सम्म पुगेर सकिने बताए । विपन्न परिवारलाई क्रमस क, ख, ग र घ समुहमा राखिएको छ । अति विपन्न समुह क मा परेका छन ।

नगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद आचार्यले नगरपालीका भित्रका नागरिकलाई लकडाउन अवधिभर भोकै रहन नदिने हेतुले नगरमा लकडाउन अझै लम्भिएपनि खाद्यान्नको अभाव शृर्जना नहुनेगरि काम गरिरहेको बताए । हुरुन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाहीले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा नगरका ९ वटै वडाका ५ सय ३४ परिवारलाई राहत वितरण गरेको बताए ।

उनका अनुसार, रास्कोट संगै सान्नीत्रिवेणी गाउँपालिकाका भित्रका ५०५ घरपरिवार, नरहरीनाथ गाउँपालिका भित्रका ४ सय ८० घर परिवारलाई प्रति परिवार २ हजार ७३० रुपियाँका दरले नगद नै प्रदान गरेका छौँ । कोषाध्यक्ष शाहीले जिन्सी समानमा केही फरक पर्ने भएकाले नगद नै समुदायकै हातैमा वितरण गरेको बताए । पहिलो चरणमा उनिहरुको अवस्थालाई वुझि नगदै हस्तान्त्रण गरेका छौँ, दोसो्र चरणमा पनि समुदायमै पुगेर उनिहरुको आवश्यकता लाई वुझेर राहत दिने बताए ।

त्यस्तै जिल्लाको पचालझ्रना गाउँपालिकाले पनि स्थानीय उत्पादनलाई संकलन गरि अतिविपन्न र श्रमकिलाई रहत वितरण गरेको छ । स्थानीय उत्पादन जाहुँ, मकै जस्ता अन्न संकलन गरि वितरण गरेको गाउँपालिकाले जनाएको छ । यस्तै नरहरिनाथ गाउँपालिकाले र शान्नि त्रिवेणि गाउँपालिकाले पनि पहिलो चरणको राहत वितरण सुरु गरेको जनाइएको छ ।



ताजा समाचार