अब फेरि प्रेममा फसिँदैन : मोडल रुविना

पछिल्लो समय गाईजात्रा कार्यक्रममा स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन, रुविना अधिकारी । नेपालगञ्ज धम्बुजीचोककी रुविनाले महजोडीलगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव’ मा नृत्य गरेर कलायात्रा थालेकी हुन् । कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सबाट ‘ब्याचरल इन पब्लिक हेल्थ’ अन्तिम वर्षमा अध्ययनरत रुविनाको म्युजिक भिडियो मोडलिङ यात्रा २०७१ सालबाट सुरु भएको हो ।

सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नै पर्ने भो‘,’बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६०भन्दा बढी भिडियो गरिसकेकी छन् । शटिका तारामी मगर र चन्द्र शर्माको ‘बाच्छीले धान खायो’, अनित चलाउनेको ‘एन्ट्री मा¥यो मायाले’, जय देवकोटाको ‘रुँदो हो मन’, हरि विष्टको ‘माइतीको देश’, भागीरथ चलाउनेको ‘जाउँला बरी लै’, जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । चलचित्र ‘भिलेन’को एउटा गीतमा नृत्य प्रस्तुत गरिसकेकी यिनै मोडलसँग डब्बु क्षेत्रीले गरेको सटकट संवाद ः

स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र ?
आएको छ । तर, राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा ‘डेब्यु’ तयारी गर्नेछु ।

त्यसो भए फिल्ममा तत्काल नआउने ?
अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु । त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ ।

स्टेज कार्यक्रम किन बढी ?
स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु ।

कति आउँछ एउटा कार्यक्रममा ?
मेला मोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०/३५ हजार पाइन्छ । काठमाडौंमा हेरेर पैसा पाइन्छ । १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ ।

अहिले त कोरोना भाइरसले स्टेज कार्यक्रम पनि सुक्यो होला है ?
हो नि † यसपालि पुसदेखि फागुनसम्म १७ वटा गरें । फागुन दोस्रो साताबाट कोरोना त्रास फैलिएपछि बाँकी ७ वटा कार्यक्रम रद्द भए ।

मोडलिङ यात्रा कस्तो चल्दै छ ?
ठिकै छ । मासिक तीन/चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै प¥यो ।

प्रतिस्पर्धा कस्तो छ यो क्षेत्रमा ?
छ पनि, छैन पनि । एकभन्दा अर्काले राम्रो गर्ने होड छ । यो होड नै आफैंमा प्रतिस्पर्धा हो ।

शोषण हुन्छ भन्ने गुनासो छ त ?
कस्तो शोषण भन्ने ? आर्थिक शोषण हुन्छ । त्यसो त, हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन । नराम्रो दृष्टिकोण लिएर आउनेसँग टाढै बस्ने गरेकी छु ।

आश्वासन त दिन्छन् नि ?
त्यो त कुरै नगारौं, मसँग सम्बन्धमा बस । तिमीलाई म रातारात हिट बनाउँछु, फिल्ममा स्टार बनाउँछु भन्छन् । तर, उनीहरूले विवाह गर्छु भन्दैनन् । यौनसम्बन्धका लागि मात्र प्रस्ताव गर्छन् ।

त्यस्तो बेला के जवाफ हुन्छ ?
मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन“ । आफैं टाढा बस्छु ।

कसैको प्रेममा परिएको छ ?
थियो । तीन वर्ष प्रेममा रहें । विचार नमिलेर टुट्यो । अहिले एकल छु ।

प्रेम त टुुट्यो, अब के हुन्छ त ?
अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।

तपाईको प्रतिक्रिया