धनगढीले कोरोना देखाएकाको अन्तिम रिपोर्ट आउँदै, गाउँशिल गरी र्यापिट टेष्टमा तिव्रता

सुर्खेत, ५ बैशाख ।
कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । धनगढीको प्रयोगशालाले पोजेटिभ देखाएपछि पुनःपरिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन भने केही दिन लाग्ने जनाइएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै कोरोनाको पुष्टि गरी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नेछ ।

संघीय सरकारले मेसिन पठाएपछि हालै धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो । कर्णाली प्रदेशको सुर्खेतबाट ल्याइएका ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका उनीहरु दुबै जना रुकुम पश्चिमका हुन् । दुबै जना भारतबाट आएका हुन् । धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि उनीहरुको थ्रोट स्वाब पुनः परीक्षणका लागि काठमाडौँ पठाइएको प्रादेशिक अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए ।

रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ । कोरोना आशंका गरिएका २ जनाको परिवारसहित १६६ जनाको ¥यापिट टेष्ट, सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं.६ र ७ का दुर्य जनामा कोरोना रिपोर्ट संकास्पद आएपछि जिल्लामा थप सतर्कता बढाईएको छ । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा रहेको मेसिनमा परिक्षण गर्दा पश्चिम रुकुमका दुई जनाको रिपोर्ट संकास्पद आएको थियो ।


रिपोर्ट संकास्पद आएपछि भारतबाट फर्किएका फर्किएका वडा नं. ६ का ३५ बर्षिय र वडा नं. ७ का ३६ बर्षिय पुरुषलाई विहिबार चौरजहारी अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ भने उनीहरुका नमूना पुनः संकलन गरेर थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । दुई जनाको नमूना थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाईएपछि उनीहरुको परिवारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङले जानकारी दिए । दुवैको ४÷४ जनाको परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको र उनीहरुसंग भारतबाट फर्किएकाहरुको पहिचान गर्न सुरु गरिएको उनले जानकारी दिए ।

Blood sample with coronavirus positive

कोरोना आशंका गरिएका दुई जनाको परिवार सहित दुई वडाका १६६ जनाको र्यापिट टेष्ट गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय पश्चिम रुकुमका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले बताए । वडा नं. ६ मा कोरोना आशंका गरिएका व्यक्तिका ४ जना परिवार सदस्य सहित १२६ जना र वडा नं. ७ का कोरोना परिक्षण आशंका गरिएका परिवारको ४ जना सदस्य सहित ४० जनाको दु्रत परिक्षण अर्थात र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएका छ । थप परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार