कोरोनाविरुद्ध नेकपा हुम्लाको कमाण्डो
हुम्ला (सिमकोट), ४ बैशाख ।
हुम्ला जिल्लामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथामका लागि कमाण्डो टोली र क्वीक रेस्पोन्स टिम गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले जिल्ला इन्र्चाज विजय भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कमाण्ड पोष्ट क्वीक रेस्पोन्स टाक्स फोर्स टिम गठन गरेको हो । नेकपा जिल्ला अध्यक्ष लालकेश जैशी, सचिव दल रावल, प्रदेश कमिटि सदस्य लोक बहादुर हमाल, कार्यालय सचिव कमल बोहरा,जिल्ला कमिटि सचिवालय सदस्य चन्द्रसिह कार्की सहितको क्वीक रेस्पोन्स टाक्स फोर्स टिम निर्माण गरिएको छ ।
क्वीक रेस्पोन्स टाक्स फोर्स टिमले खाद्यान्न आपूर्ति र औषधी व्यवस्थापनलाई कमि नहुन दिन संघ प्रदेश सरकारसँग पहल गर्न भएको नेकपा हुम्ला जिल्लाका इन्र्चाज विजय भणडारीले जानकारी दिएका छन् । जिल्लामा रोजगारीका लागि भारत र अध्ययनको शिलशिलामा देशका विभिन्न शहरबाट नागरिकलाई कोभिड १९ संक्रमणबाट बच्न बचाउन,रोकथाम तथा नियन्त्रण गर्न यो टिम गठन गरिएको इन्चार्ज भण्डारीले बताए ।
जिल्लामा रहेका सबै गाउँपालिकामा महामारी रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्रभावकारी बनाउने निर्णय भएको इन्र्चाज भण्डारीको भनाई छ । हुम्ला जिल्लाबाट अध्ययन तथा रोजगारीको शिलशिला काठमाडौ,नेपालगञ्ज सुर्खेत जस्ता शहरमा रहेका हुम्लीबासीहरुलाई यस महामारी सजंक रहन र संकट परेका बेला हुम्ली बासीको अवस्था विश्लेषण गरी आवश्यका लागि सहयोग गर्न निर्णय गरिएको छ । काठमाडौबाट संयोजक पूर्व साँसद छिमिदोर्जी लामा, नेपालगञ्जबाट संयोजक रणसिह परियार र सुर्खेतमा संयोजकको कार्चेन लामा लगायतको जिम्मा दिइएको नेकपा हुम्लाले जनाएको छ ।
