कोरोनाको सल्यानमा रयापिट टेष्ट शुरु

कपुरकोटमा ४७ जनाको रिपोर्ट आयो

सल्यान, ४ बैशाख ।

¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट सल्यानमा कोरोना भाईरसको परीक्षण सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा यो परीक्षण गरिने छ । विहिबार कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिकामा परीक्षण सुरु भएको स्वास्थय सेवा कार्यालय सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिकामा ¥यापिड टेष्ट सम्पन्न भएको छ । शुक्रबार ५ गते सिद्धकुमाख, छत्रेश्वरी र कुमाख गाउँपालिकामा परीक्षण गरिने छ भने ६ गते शनिबार शारदा नगरपालिका र बागचौर नगरपालिका तथा ७ गते आईतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गरिने छ ।

कपुरकोट गाउँपालिकामा ४७ जना व्यक्तिमा गरिएको परीक्षणमा कोरोना भाईरस नभएको पाइएको छ । गाउँपालिका र स्वास्थय सेवा कार्यालय सल्यानको समन्वयमा गत चैत्र २७ गते विदेशबाट फर्किएका ११ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको थियो । यस्तै विहिबार गाउँपालिकामा नै ३६ जनाको कोरोना भाइरसको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भएको थियो । स्वास्थय सेवा कार्यालयले दिएको जानकारि अनुसार स्वाब संकलन गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको कपुरकोट स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जनाए। यस्तै विहिबार गरिएको ¥यापिड टेष्टमा पनि ३६ जनाकै रिपोर्ट ननरियाक्टिभ ( नेगेटिभ) आएको डा. विवेक अधिकारीले जानकारि दिए । ¥यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएमा स्वाब संकलन गरेर पिसीआर विधिबाट परीक्षण गर्दा पनि पोजेटिभ आएमा कोरोना संक्रमण भएको पुष्टि गर्न सकिने डाक्टर अधिकारिले बताए । उनले हाल जिल्लामा करिव ७ सय किट आएको र दुई वटा टोलि ¥यापिड टेष्टमा खटेको बताए ।

त्यसैविच हालै श्रीलंकाबाट फर्किएका कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको पनि ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ। उनको पनि रिपोर्ट ननरियाक्टिभ आएको छ । यस्तै कामको शिलशिलामा कपुरकोट गाउँपालिकामा रहेका ७ जना भारतीय नागरिकको पनि परीक्षण गरिएको छ । खास गरी भारतबाट फर्किएका नागरिकहरु तथा एक जना हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, एकजना स्थानीय ब्यापारी, एक जना एम्बुलेन्स चालक, एकजना मेडिकल संचालक र एक जना नेपाल भित्रैबाट आएका ब्यक्तिको पनि कोरोना परिक्षण गरिएको सि.अ.हे.व. तथा हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष सेले ¥यापिड टेष्टमा आएको स्वास्थ्य सेवा कार्यालयको टोलि डा. विवेक अधिकारी, ल्याव टेक्निसियन रुपलाल डिसी, ल्याव असिष्टेन्ट चन्द्रा रेउले लगाएत गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले परीक्षण गराएका नागरिकहरुलाई रिपोर्ट नेगेटिभ आएकोले खुसि साथ घर जान आग्रह गरे । तर पनि घरमा सतर्क रहन, लकडाउनको पालना गर्न, सामाजिक दुरी कायम गर्न उनले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया