कोरोनाको घरेलु पद्धतिको उपचार खोजौं’

सुर्खेत, ४ बैशाख। कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न परम्परागत र घरेलु उपचार पद्धतिलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरूसँगको भर्चुअल बैठकमा शाहीले परम्परागत उपचार पद्धतिलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन संघीय सरकारलाई आग्रह गरेका छन् ।

बैठकपछि उनले चीनमा घरेलु र परम्परागत उपचार पद्धति नै प्रभावकारी देखिएको बताए । ‘चिनियाँहरुले तातो बाफ लिएर, तातो दूध, अदुवा, लसुन, बोझो खाएर रोग प्रतिरोधात्मकक्षमता बढाए । परिणाममा चीनमा कोरोना रोकथाम भएको छ भने हामीले घरेलु उपाय किन नअपनाउने ?’ शाहीले भने ।


पुर्खाहरूले कोरोनाजस्ता ठूला महामारी सामना गरेर आएको भन्दै उनले परम्परागत र घरेलु उपचार पद्धतिबाट पनि कोरोनाको सामना गर्नुपर्ने बताए । ‘अहिलेका जस्ता आधुनिक अस्पताल र प्रविधि थिएनन् । तर, कोरोनाजस्ता महामारीको सामना गरेरै आएका हुन् । पुर्खाहरुले त्यस्ता रोगहरुकोविरुद्धमा जो औषधि प्रयोग गर्नुहुन्थ्यो त्यो कोरोना नियन्त्रणमा प्रभावकारी हुन सक्छ’ उनले भने ।  सभामुख शाहीले तत्काल परम्परागत र घरेलु उपचार पद्धतिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनी भन्छन्, ‘तितेपातीको चिया खाऔँ, नुनपानी खाऔँ, तातो दूध खाऔँ, बाफ लिऔँ, चर्पी तातो राख्ने जस्ता सरल स्वास्थ्य जानकारीलाई ब्यापक रुपमा जगाउनुपर्छ ।’ तितेपातीको चिया कुन र कति मात्रामा खाने भन्ने विषयमा भने बैद्यसँग सल्लाह लिनुपर्ने उनले सुझाव दिए । सभामुख शाही भन्छन्, ‘तितेपाती विभिन्न रोगविरुद्ध प्रयोग हुँदै आएको छ । चिया खाँदा वा औषधिमा प्रयोग गर्दा मात्रा कति गर्ने के गर्ने ? भन्ने विषयमा वैद्यहरुसँग सल्लाह लिनुपर्छ ।’  गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पनि पुर्खाले कोरोना जस्ता महामारीसँग लडेको अनुभवलाई अनुसरण गर्नुपर्ने बताए । सभामुख अधिकारी भन्छन्, ‘हाम्रा पुर्खाका उपचार पद्धतिलाई पनि अनुसरण गर्नुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार