सम्पादकीय : परीक्षणको दायरा बढाऊ

विश्वको ध्यान हिजोआज कोरोना भाइरसमा केन्द्रित छ । डिसेम्बर २०१९ बाट चीनको हुवेई प्रान्तको वुहानमा फैलिएको कोराना भाइरसले विश्वलाई सताइरहेको छ । यो महामारीबाट सिङ्गो नेपाल र कर्णाली प्रदेश पनि अछुतो छैन । यद्यपी कर्णाली प्रदेशमा भने कोरोनाको संक्रिमत छैनन् । तर संक्रमित भेटिएनन् भनेर ढुक्कु हुनुपर्ने अवस्था भने छैन । किनकी रोगजारीका लागि विभिन्न देशमा गएका करिव आठहजार बढी नागरिकहरु कोरोनाको त्रासपछि गाउँ फर्किएका छन् । नागरिकहरु गाउँ फर्किएको महिनादिन पुग्न लाग्दा पनि सबै जनामा कोरोना भाइरसको परीक्षण हुन सकेको छैन ।

कोरोना परीक्षणका लागि गत चैत २० गतेदेखि सुर्खेतमा स्थापना भएको प्रयोगाशाको क्षमता पनि निकै न्यून छ । जसको विकल्पमा अहिले कर्णालीका सबै जिल्लामा कोरोना परीक्षणको द्रुत प्रविधि अर्थात ¥यापिड टेष्ट सुरु गरिएको छ । तर ¥यापिड टेष्ट पनि नगन्य मात्रामा भइरहेको छ । हुन त ¥यापिड टेष्ट गर्न गाउँगाउँ पुगेका स्वास्थ्यकर्मीहरुका लागि भौगोलिक विकटता बाधक बनेको छ । भौगोलिक विकटताकै कारण डोल्पामा ढिलो गरी ¥यापिड टेष्ट गर्ने किट समयमै पुग्न सकेन् । तर ¥यापिड टेष्टको परीक्षण पनि सबैमा गर्न सकिएन भने त्यसले अवस्था अझबढी खत्तर न बढ्ला भन्न सकिदैन । हुन त ¥यापिड टेष्ट नेगेटिभ देखिएकै कारण कोरोना संक्रमण छैन भनेर ढुक्क हुनुपर्ने अवस्था छैन । किनकी यसअघि बाग्लुङ्ग, पोखरा, कैलाली र काठमार्डाैंमा गरिएको ¥यापिड टेष्टमा नजिता ठिक उल्टो भएको छ । जसले गर्दा ¥यापिट टेष्टमा आशंका जगाएको छ । ¥यापिड टेष्ट एचआइभी र मलेरिया जस्ता रोगमा शतप्रतिशत ग्यारेन्टी भए पनि कोरोनामा भने ढुक्क हुनसक्ने अवस्था छैन ।

यता कर्णाली प्रदेश प्रयोगशालामा राखिएको कोरोना परीक्षण मेसिनको क्षमता पनि न्यून छ । न्यून क्षमताका कारण कर्णालीका विभिन्न जिल्लाबाट संकलित स्वाव सुदुरपश्चिको कैलाली र काठमाडौं पठाउनुपर्ने बाध्यता छ । प्रयोगशालाको क्षमता कम छ भन्दैमा आरटी–पीसीआर परीक्षणबाट पन्छिन भने मिल्दैन । अहिले ¥याडिट टेष्टकै भर पर्ने हो भने भोली ठूलो विपत्ति नआउला भन्न सकिदैन । तसर्थ तत्कालका लागि विदेशबाट आएका सबै व्यक्तिको ¥यापिट टेष्ट गर तर विदेशबाट आएक सबैको अनिवार्य आरटी–पीसीआर परीक्षण पनि गर । समग्रमा कोरोना भाइरसको विपत्तिबाट बच्न ¥यापिड र पीपीआर दुबैको परीक्षण दायर बढाऊ । कोरोना महामारी फैलिन सक्ने खतरालाई ध्यानमा राखि पीपीआर मेसिकको क्षमता बढाऊ ।

तपाईको प्रतिक्रिया