बनगाड कुपिण्डे नगरपालिकामा ५० लाखकाे काेष

७ सय ५३ अतिविपन्न घरपरिवारले राहत पाउने

दुर्गा विसि/ सल्यान, ३ बैशाख ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि ५० लाखकाे काेष स्थापना गरेको छ । काेराेना राेकथाम तथा नियन्त्रणका लागि उक्त काेष स्थापना गरिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माेहन खड्काले जानकारी दिनु भएको छ । साथै उक्त काेषमा विभिन्न संघ संस्था, माहानुभावलाइ अावश्यक सहयोग र सहकार्य गरि जानका लागि अनुराेध समेत गरिएको छ।

नगरपालिकाले काेराेना विरुद्ध लड्नका लागि र यसबाट सजगता अपनाउन सबै जनप्रतिनिधि,राजनीति क दल,विभिन्न निकाय,संघ संस्था र स्थानीयवासिलाई आग्रह गरिएको छ ।काेराेना राेकथाम तथा लकडाउन अवधिमा राहत स्वरुप एकद्वार प्रणालीबाट जान अपिल गरिएको छ ।काेहि निकायहरुलाइ समेत नगरपालिकाकाे राहत काेष मार्फत जान र अाउन आग्रह गरिएको बनगाड कुपिण्डे नगर प्रमुख गाेविन्द कुमार पुनले जानकारी दिनु भएको छ ।

वडाहरुमा अाफु खुसि राहत नबाँड्न समेत सबैलाई सजगता वनाएको छ ।सहयोग गर्ने दाता माहानुभावले नगरकाे राहतकाेष मार्फत राहत वितरण कार्यमा सहयोग गर्न समेत अनुराेध गरिएको छ ।बनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडाबाट विपत व्यवस्थापन समितिले छनौट गरि आएका नगरवासि र अतिविपन्न परिवार ७ सय ५३ जनालाई राहत समेत वितरण गरिने नगर प्रमुख पुनले जानकारी दिनु भएको छ । छनौटमा परेका सबैलाई छिटोभन्दा छिटो राहत वितरण गरिने साथै सामाजिक सुरक्षा भत्ता वितरण पनि यहि समयमा हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया