मोवाईलबाटै आवेदन घरैमा सवारी पास

सुर्खेत, ३ बैशाख ।

जिल्ला प्रशासन कार्यालय सुर्खेत सहित देशभरका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक अवस्थामा सवारी पास (अनुमति पत्र) उपलब्ध गराउँदै आएका थिए । सवारी पास लिनेहरु जिल्ला प्रशासन कार्यालय पुग्दा र प्रतिक्षा गर्दा सरकारले घोषणा गरेको लकडाउन उलंघन हुने अवस्था आएपछि इ–पास को व्यवस्था गरिएको हो ।

नेपाल सरकार गृह मन्त्रालयले सफ्टवयर निर्माण गरी मंगलबार सार्वजनिक गरेको थियो । बुधबार देखि देशैभरी यो सुविधा लागु भएको छ । पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ ।  उपस्थित भएर सवारी पास दिईरहँदा यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढ्ने भएसँगै अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो । अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको छ ।


सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय अगाडी भिडभाड भएर सरकारले लागु गरेको लकडाउन समेत उलंघन हुने स्थिति बनेपछि घरबाटै मोवाईलको सिस्टमबाट समेत निवेदन पेश गर्न सक्ने व्यवस्था गरेको छ । मोवाईलबाट १११२ मा एसएमएस पठाउने, उक्त एसएसपछि हजुरहरुको मोवाईल इनबक्समा www.epass.moha.gov.np लिङक आउनेछ । उक्त लिङक खोली मागेको विवरणहरुमा लिङकमा अनुरोधर्ताको विवरण भर्नुपर्नेछ ।
तोकिएको विवरण अनुसार फारम भरेर सेन्ड गरेपछि पास वितरण मापदण्ड अनुसार पास दिने वा नदिने निर्णय हुनेछ । अस्वीकृत भए जानकारी प्राप्त हुनेछ भने स्वीकृत भएको अवस्थामा कोर्ड नम्बर मोवाईल इन्बक्समा आउनेछ । त्यो नै तपाईको कोर्ड नं. सवारी पास अनुमति हुनेछ ।

सवारी पास लिनेका लागि www.epass.moha.gov.np   क्लिक गर्नुहाेस ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार